पार्वती थारु
फागुन, ५ तिलोत्तमा
न्यु सिर्जना युवा कल्बको आयोजनामा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) यहि फागुन ९ गते देखि सुरु हुने भएको छ । आज तिलोत्तमा १३ मा पत्रकार सम्मेलन गरि प्रतियोगी हुनेबारे कल्बका अध्यक्ष सोवित थापा दर्लामीले जानकारि गराउनु बताउनु भयो ।
तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) हुन गइरहेको हो । न्यु सिर्जना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङ तथा स—परिवारको मुख्य प्रायोजकमा नक आउट फुटवल प्रतियोगीता हुन गइरहेको आयोजकले बताउको छ । खेललाई सभ्य र भव्य रुपमा सफल पार्ने भन्दै खेलाडीलाई अगाडि लैजानका लागी सहयोग गर्नै क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङले बताउनु भयो ।
यस्तै आम नेपाली युवाहरुको हकहित र अधिकार प्रति जागरुक बनाई उनीहरुको मानसिक, शारीरिक, बौद्धिक, शैक्षिक स्तरमा सुधार गर्ने सशक्त माध्यम नै खेलकुद रहेको कल्बका प्रचार प्रसार संयोजक तथा सल्लाहकार धन वहादुर चौधरीले बताउनु भयो । खेल राम्रो छ र खेलबाट आर्थिक संकलन हुने उहाले बताउनु भयो ।

यहि फागुन ९ गतेदेखि सुरु हुन गइरहेको नक आउट फुटवल प्रतियोगीता फागुन २६ गते सम्म चल्ने छ । न्यु सिर्जना युवा कल्बको खेलमैदान तिलोत्तमा १३ करौजियामा ( विश्व शान्ति बौद्ध गुम्बा मन्दिर नजिकै ) हुनेछ ।
खेलमा प्रथम हुने टिमलाई रु.१ लाख १६ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु.६० हजार नगद राशि सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई पनि पुरष्किृत गरिने आयोजकले जनाएको छ । खेलमा १६ टीमको सहभागीता रहेको खेल संयोजक शेरबहादुर गुरुङले बताउनु भयो । जस्मा सिद्धार्थ युवा कल्ब, समपुर्ण युवा कल्ब , झरना स्पाेर्टस कल्ब, ओम सतिया एफ सि, नव खेलकुद तथा साँस्कृतिक परिवार, न्यू सिर्जना युवा कल्ब, नव टिकुलिगढ युवा कल्ब, शुद्धाेधन गाउपालिका, फर्साटिकर युवा कल्ब, न्यू राइज युवा कल्ब, माछापुच्छ्रे युवा कल्ब,राधाकृष्ण एफ सि, तिलोत्तमा ११ एफ सि र लिस्नु युवा कल्ब गरि १६ टिमकाे सहभागिता रहने छ । कल्बका संरक्षक क्याप्टेन नरजंग गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ठ अतिथिहरूमा कराैजिया टाेल विकास समितिका अध्यक्ष छविराम साेमै, रूपन्देही फुटबल संघका सदस्य तथा लिस्नु युवा कल्बका सचिव रामु भण्डारी , समपुर्ण युवा कल्बका सचिव रवि अर्याल, झरना स्पाेर्ट कल्बका सचिव सिजन थापा, झरना स्पाेर्ट कल्बका काेषाध्यक्ष निर्मल थापा, तिलाेत्तमा ११ का अध्यक्ष बिष्णु बराल क्षेत्री , नव टिकुलिगढ युवा कल्बका अध्यक्ष विजय गुरूङ, नव खेलकुद तथा साँस्कृतिक परिवार अध्यक्ष चन्द्र गुरूङ, खेलका रेफ्रि अमर पुन, खेल संयाेजक शेर बहादुर गुरूङकाे उपस्थिति रहेकाे थियाे ।

यस्तै कल्बका सल्लाहकार गणेश काफ्ले, प्रदिप थापा, सन्त वहादुर वि क, समाजसेवि दिलबहादुर गुरूङ, दलबहादुर गुरूङ, ओम बहादुर राना , पुर्व खेलाडी राजेन्द्र श्रेष्ठ , हाेम बहादुर दर्लामि, विष्णु थापा, देवनारायण थारू, दुर्गा सिंह थापा, मुक्ति बहादुर गुरूङ, कमल थापा दर्लामि, ओम रेस्मि लयायतकाे उपस्थिति रहेकाे थियाे । कल्बका अध्यक्ष साेवित थापा दर्लामिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन प्रचारप्रसार संयाेजक धनबहादुर चाैधरिले गर्नु भएको थियाे ।







