
पार्वती थारु,
तिलाेत्तमा ,फागुन २२
रुपन्देहीको तिलोत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयले आज (विहिवार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको समयतालिका सार्वजानिक गरेको छ । अगामि चैत ७ गते बाट सन्चालन हुन गइरहेको माध्यमिक परिक्षा एसईइ सहभागी हुने कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु तथा कक्षा ८ को पालिका स्तरीय परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान गरिएको हो ।

कक्षा ८ र १० का विद्यार्थीहरुलाई वाषर््िाक परिक्षाको शुभकामना दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नु भयो । उहाँले मिहनेत गरेर पढेको ज्ञानले सफलताको उचाइमा पुर्याउछँ त्यसैले नबुझेको कुरालाई वुझेर पढ्नु पर्ने बताउनु भयो । पढाइप्रतिको लगाव र मिहनेतले विद्यालयको नाम उचो बनाउन सक्ने गरीे ४ जी पी ए ल्याउने विद्यार्थीलाई १० हजार नगदले सम्मानित गर्ने पनि बताउनु भयो ।

यसै गरी शिक्षक अभिभावक संघका अध्यक्ष मोहनीलाल आचार्यले पढाइलाई नतिजामुलक बनाउदै श्री पश्चिम पहुनी मा. वि. लाई नमुना मा. वि.को रुपमा देख्न पाउँ भन्दै शुभकामना मन्तव्य राख्नु भयो ।
कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठले पढाई गार्हो हुन्छ तर यसलाई निरन्तरको अभ्यास र प्रयासले सरल बनाउन सकिन्छ भन्ने धारण राख्दै पढाइ जस्तो सजिलो कुनै पनि कुरा नरहेको बताउनु भयो । विद्यार्थीको चौतर्फी विकास गराउदै यो विद्यालय यहाँ सम्म आएको बताउदै उहाले कलम समात्न नजान्ने विद्यार्थीलाई अक्षर चिनाउदै एकेडेमीक तहमा पुर्याएर आज पालिका स्तरीय कक्षा ८ र एसईइ परिक्षा दिन सक्ने हुनु नै विद्यालयको लागी गर्वको विषय हो , उहाले भन्नु भयो” “आज आफ्नो भविष्य र जीवनको लक्ष्य पहिल्याउ सफल विद्यार्थी उत्पादन गर्न सफल भएका छौ” । उहाँले विदार्थीलाई शिक्षकको मार्गदर्शनमा रही तनावमुक्त रहेर आफ्नो पढाई प्रतिको सफलता मात्र होइन अब्बल भएर आउने तिर केन्द्रित भएर पढ्नु पर्नेमा जोड दिनु भयो । यसमा विद्यालय प्रशासन, व्यवस्थापन पक्ष तथा शिक्षकहरुबाट सम्पुर्ण साथ र सहयोग गर्दै आइरहेको र अझै पनि गर्दै जाने बताउनु भयो । उहाँले उत्कृष्ट नातिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
यसै गरी शिक्षक अस्मी थापाले आफ्ना कमी कमजोरीलाई सुधार्दै उत्कृष्ट अकंका साथ उर्तीण हुने शुभकामना दिनु भयो । वर्ष भरि पढेको कुरालाई ३ घण्टामा उतार्नु निकै कठिन भएपनि हतोत्षहित नभई परिक्षालाई सरल रुपमा लिएर अध्ययन गर्नु पर्ने बताउनु भयो ।
यसैगरी शिक्षक कृष्ण अधिकारीले पेपरमा आएको प्रश्न बुझ्ने गरी पढ्ने , प्रश्नले के सोधेको छ ? त्यसको उत्तर के हो र कसरी लेख्ने ? त्यो विषयलाई मनन गर्दै शुद्ध र सफा सगँ लेख्नुपर्नेमा जोड दिनु भयो । हामीले सिकेको कुरा लेखाइले देखाउने भएको लेखाईलाई विर्गान नहुने बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको थियो । यसै गरी अतिथिहरुमा विद्यालयका प्र.अ. दुर्गा नारायण श्रेष्ठ, सह प्राध्यापक पुण्य बहादुर बगाले , इग्ंिलस मिडियमका कोअर्डिनेटर दुर्गा दत्त घिमिरे , समाजसेवी तथा विद्यालयका अक्षयकोष दाता राजन पाण्डे लगायत शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । स्वागत मन्तव्य विद्यालयका शिक्षक विजय न्यौपानेले राख्नु भएको कार्यक्रमको सन्चालन शिक्षक इन्दिरा गिरीले गर्नुभएको थियो ।








