पार्वती थारु

फागुन २९ तिलोत्तमा

राष्ट्रिय जनमुक्ति पार्टीले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा ९ कविराव भवन मंगलापुरमा आज सम्पन्न उक्त कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष एम.एस. थापाले वोल्दै अबका दिनमा पार्टीलाई बलशाली बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । देशको वर्तमान परिस्थितीको चित्रण गर्दै नेता थापाले शान्तिपुर्ण रुपमा वर्तमानको मुद्दा उजागर गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले यस्तो परिस्थितीमा जनतालाई यथार्थ कुरा बताएर सचेत र संगाठित गर्नुपर्ने विचार राख्नु भयो ।
भेटघाट कार्यक्रममा पार्टी भित्र कतिपय कुराहरु समसामयिक सन्दर्भमा मिलाएर लैजानुपर्ने तथा पार्टीका नेता कर्याकर्ताहरुले त्यस तर्फ पनि व्यापक छलफल गरी अगाडी बढ्ने सुझाव दिएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी एवम सदस्यहरुको समेत उपस्थिती रहेको थियो । साथै रुपन्देही जिल्लाका सबै तहका नेता कार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रम प्रदेश सचिव चित्र प्रसाद गुरुङको सन्चालन र अध्यक्ष झम वहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।