पार्वती थारु, तिलाेत्तमा १५ काेटिहवा, चैत २७

नाेवेल इन्भायारमेन्ट आज (मङगलबार) पुर्व विद्यालय दिक्षान्त समाराेह र वार्षिक परिक्षाफलकाे नातिजा प्रकाशन गरेकाे छ । रुपन्देहीको तिलोत्तमा १५ काेटिहवामा अवस्थित नाेवेल इन्भायारमेन्ट एकेडेमीमा अध्ययनरत प्ले ग्रुपदेखि यु केजि सम्मका ४४ जना विद्यार्थी आज प्राथामिक तहमा जना सफल भएकाेमा गाउन , टाेपि लगाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । यसैगरि कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुकाे २०८० सालकाे परिक्षाकाे वाषिर्क परिक्षाफलकाे नातिजा पनि प्रकाशन गरिएको छ । जस्मा विषयगत विधामा उत्कृष्ट हुन सफल भएका र कक्षामा प्रथम, दाेस्राे तथा तेस्राे स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई पुरस्कारले सम्मान गरिएकाे थियाे ।

यसैगरि कार्यक्रमका प्रमुख अतिथि तथा शाइन रेशुङगा डेभलपमेन्ट विकास बैंकका म्यानेजर विष्णु थापा तथा नाेवेल इन्भायारमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङ द्वयले २०८१ सालका लागि शैक्षिक क्यालेन्डर विमाेचन गर्नु भएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि तथा शाइन रेशुङगा डेभलपमेन्ट विकास बैंकका म्यानेजर विष्णु थापाले वाषिर्क परिक्षामा उत्तिर्णा हुने तथा प्राथामिक तहमा प्रवेश गरेका सबै विद्यार्थीहरुलाई वधाई तथा प्रगतिकाे शुभकामना दिनु भयाे । विद्यालयले विद्यार्थीकाे चाैतर्फि विकासमा ध्यान दिनु पर्ने बताउदै उहाँले प्रविधि र डिजिटल नेटवर्किङकाे आजकाे अवस्थामा माेवाईल हेर्दै न हेर हाेईन , माेवाईलमा यस्तो सीप र ज्ञानकाे कुरा छ , त्यहि हेर्नुपर्छ है भन्ने जानकारि पनि स्कुलले बताउनु पर्ने सुझाव दिनु भएको थियाे ।


यस्तै एकेडेमीका प्रबन्धक तथा कार्यक्रमका अतिथि सुन्दर गुरुङले बधाई तथा शुभकामना मन्तव्य राख्दै विद्यार्थीकाे उज्वल भविष्यका लागि लागि परेकाे बताउनु भयाे । उहाँले तिलाेत्तमा नगरपालिका स्तरीय परिक्षामा सहभागी भएका कक्षा ८ र ५ का विद्यार्थीहरुले शत प्रतिशत नातिजा ल्याउन सफल भएकोमा विद्यालयका लागि गाैरवकाे कुरा भएको बताउनु भयाे । जस्मा ६ जनाले ए प्लास, १२ जनाले ए र अन्य विद्यार्थीले बि प्लास र सि ग्रेड ल्याउन सफल भएको जानकारि दिनु भयाे ।

कार्यक्रममा विद्यालयका प्राचार्य खिनु गुरुङले सफल भएका विद्यार्थीहरुलाई शुभकामना तथा बधाई दिदै स्तर वृद्धि हुँदै जादा ज्ञानकाे विकास पनि फराकिलाे हुँदै जाने र अध्ययनमा केही थप दिनुपर्ने ठाउँमा विद्यार्थी पुगेकाे बताउनु भयाे । यश कार्यमा विद्यालयले मात्रै नभएर शिक्षकर अभिभावककाे भुमिका पनि सराहनिय भएको भन्दै धन्यवाद दिनु भयाे । उहाले २०८१ सालकाे हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नु भयाे । कार्यक्रममा सुस्मिता थापा, सपना गुप्ताले मन्तव्य राख्नु भएको थियाे । सम्पन्न दिक्षान्त समाराेहमा विद्यालयका अध्यक्ष पुर्ण वहादुर गुरुङकाे अध्यक्षता रहेकाे थियाे भने शाईन रेसुङगा डेभलपमेन्ट विकास बैंकका म्यानेजर विष्णु थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा शिक्षक, विद्यार्थी , तथा अभिभावककाे उपस्थिति रहेकाे थियाे । शिक्षक सुशन गुरुङकाे स्वागत मन्तव्य रहेकाे थियाे भने शिक्षक द्वय विन्ति थापा र विनि दर्लामिले सन्चालन गर्नु भएको थियाे ।