
पार्वती थारु तिलोत्तमा
फागुन १९
स्व. उमा रेश्मी मगरको समृतिमा तिलोत्तमाको करौजियमा जारी न्यु सिर्जना कप नक आउट फुटवल प्रतियोगीता २०८१ करौजियमा जारी छ । आज सोमबार भएको तेस्रो दिनको क्वाटर फाइनल खेलमा श्री कृष्ण युवा क्लब दल्का लाई ० का विरुद्द ६ गोल गर्दै फर्साटिकर युवा क्लब फर्साटिकले जितेको छ । यो जीत सगै फर्साटीकरले सेमिफाइनलको यात्रा तय गरेको छ । निकै प्रतिस्पर्धात्मक र तनाव पुर्ण रहेको आजको खेलमा ३ गोल गर्दै फर्साटिकरका खेलाडी जर्सी नं ७ मिलन आले म्यान अफ द म्याच भएका छन् । उनलाई कार्यक्रमका अतिथि तथा समाजसेवि व्यत्तित्व झम बहादुर गुरुंगले टर्फी र नगदले सम्मान गर्नु भएको छ ।
यसैगरी भोली मंगलबार हुने चौथो र अन्तिम क्वाटर फाइनलको खेल आयोजक न्यु सिर्जना युवा क्लब करौजिया भर्सेज नव युवा खेलकुद तथा साँँस्कृतिक परिवार ठुठीपिपल वीच कडा प्रतिस्पर्धा हुने खेल प्रचार प्रसार संयोजक धन बहादुर चौधरीले लोक खबरलाई बताउनु भयो । खेल दिउँसो ३ वजे न्यु सिर्जना युवा कल्बको खेल मैदानमा हुने छ ।

तिलोत्तमा १३ करौजिया निवासी स्व. उमा रेश्मी मगरको समृतिमा सातौं संस्करण फुटवलमा उहाँका धर्म पति कुल बहादुर रेश्मी मगर तथा स परिवारले प्रथम पुरस्कार रु .१लाख २२ हजार ५ सय पुरस्कारको प्रायोजन गरेको छ । यसैगरी सहप्रायोजकमा तिलोत्तमा नगरपालिकाको कार्यालय कुन्जालापुर तथा यशोदा फुड्स प्रा. लि रहेका छन् ।
द्वितीय पुरस्कार रु ६५ हजार नगद राशि सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजार, उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।
अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्र लाई टेवा पुर्याऔ भन्ने नारा सहित यहि फागुन २४ गतेसम्म नटआउट फुटबल प्रतियोगीता २०८१ हुनेछ ।










