रुपन्देहीको तिलाेत्तमा १३ कराैजियामा (भाेलि )शानिबार वनभाेज तथा भेटघाट कार्यक्रम (२०८१) हुने भएकाे छ ।

न्यु सृजना युवा कल्बकाे आयाेजनामा वनभाेज तथा भेटघाट कार्यक्रम  हुन गइरहेकाे क्लबका अध्यक्ष साेवित दर्लामीले बताउनु भएको  छ । यहि पुस २० गते शानिबार भाेलि कराैजियामा अवस्थित बाैद्द गुम्बा नजिकै रहेकाे नेपाल मगर सामुदायिक भवनमा कार्यक्रम  हुने अध्यक्ष दर्लामीले बताउनु भयाे ।  दिउँसाे १ बजेबाट हुने भएकोले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पारिदिनका लागि सबैमा उपस्थितिका  लागि निमन्त्रणा  गरिएको आयाेजकले जनाएको  छ ।