सचेत अभिभावकः हाम्रो शिक्षा सुसंस्कृत सन्तान र समृद्धि विषयक संवाद कार्यक्रम आज कोटीहवामा हुने भएको छ । नोवेल इन्भाइरमेन्ट एकेडेमीको आयोजनामा संवाद कार्यक्रम २०८० हुन गइरहेको हो । तिलोत्तमा १५ कोटीहवामा रहेको स्काइ इन हस्पिटालिटीमा साझँ ५ वजे आयोजना हुने कार्यक्रममा प्रमुख वक्ताहरु समाजशास्त्री सीता भट्राई, वौद्ध दर्शनमा पि ए च डी स्कलर्स डा. कविन्द्र वज्राचार्य रहनु भएको छ । यस्तै विशेष वक्ताको रुपमा एल वि यु साहायक प्राध्यापक कमल थापा र सहजकर्तामा कान्तिपुर पत्राकार सन्जु पौडेल रहने आयोजकले जनाएको छ । अभिभावक, शिक्षक शिक्षिका, र सरोकारवालहरुको भुमिका प्रति सचेतना प्रदान गर्ने, वालवालिकाको वहुपक्षीय विकासका लागी उत्प्रेरणा प्रदान गर्नेमा कार्यक्रमले सहयोग पुर्याउने नोवेल इन्भाइरामेन्ट एकेडेमीका प्रवन्धक सुन्दर गुरुङले बताउनु भएको छ ।