
पार्वती थारु
चैत ४, तिलोत्तमा
श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रातियोगीता सोमबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी मा.वि.को आयोजना र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक योगीकुटी शाखाको प्रायोजन प्रतियोगीता भएको हो । ७ टिमको सहभागीता रहेको प्रतियोगीतामा माधव गन्दर्व, सिमरन घिमिरे, प्रशान्त थारु र मिरा मुखियाको टीमले प्रथम स्थान हासिल गरेका छन् । यसैगरी क्रिजन चौधरी , सुवास कंवर, समृद्धि न्यौपाने, र आकृति पाण्डेको टिमले दोस्रो स्थान हासिल गरेका छन् । यसैगरी एलविन रास्कोटी, विपिन तिवारी , सुमित गिरी र दिक्षा थारुको टीम तेस्रो स्थान हासिल गर्दै पुरस्कृत भएका छन् । प्रथम , दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः तीन हजार, दुई हजार र १ हजार नगद राशी सहित कापी , पेन्सिल लगायत स्टेशनरी समान प्रदान गरिएको थियो । यसै गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक योगीकुटी शाखाले यस विद्यलायमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई स्टेशनरी समान प्रदान गरेको छ । कार्यक्रममा श्री पश्चिम पहुनी मा.वि का व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रम शिक्षक इन्दिरा गिरीको सन्चालनमा सम्पन्न भएको थियो ।
इसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलका चिफ एच आर तथा व्रान्डिङ म्यानेजर प्रवास शाहको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक योगीकुटी शाखाका शाखा प्रबन्धक कुलराज न्यौपाने, भिजिटल बैंकिङ अफिसर नारायण न्यौपाने, सम्वन्ध म्यानेजरहरु विवेक तुलाधर र अर्मता थापा , विद्यालयका प्राध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठ, सह प्राध्यापक प्राध्यापक पुण्य बहादुर वगाले , विद्यालयका इग्ंिलस मिडियमका कोआर्डिनेटर दुर्गादत्त घिमिरे रहनु भएको थियो । यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नमराज शर्मा, समितिका सदस्य भगीरथ न्यौपाने, पार्वती रास्कोटी , लेखा समितिका सदस्य शिव पाण्डेय, पश्चिम पहुनी विद्यार्थी कल्याण अक्षयकोषका अध्यक्ष टेक बहादुर गुरुङ, उपाध्यक्ष गोपाल प्रसाद ढकाल, सचिव राजन पाण्डे, समाजसेवि झक बहादुर गर्वुजा लगायतको उपस्थिति रहेको थियो । हाजिरी जवाफ प्रतियोगीतामा कक्षा ५, ६ , ७ र ९ मा इग्ंिलस र नेपाली दुवै मिडियममा अध्ययनरत विद्यार्थीहरुको सहभागीता थियो ।







