
फागुन १५, मणिग्राम
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ आरती चोक बस्ने एक महिला हराएकी छिन् ।
फागुन १४ गते शिवरात्रीको दिन तिलोत्तमा वडा नं ६ पश्चिम पहुनीमा अवस्थित मोक्ष धाम जान्छु भनेर घरवाट निस्कीएकी ४० वर्षकी लक्ष्मी पाण्डेको अझै सम्म केही पत्ता नलागेको उनका श्रीमान एकादेव पाण्डेले तिलोत्तमा एफ एम लाई जानकारी दिनु भयो । तिलोत्तमाको वडा नं. १ आरती चोक निवासी लक्ष्मी पाण्डे असल स्वभावकी हुनुहुन्थ्यो ।
उनका एक छोरी छिन् । घरवाट निस्कीदा पहेंलोमा हल्का सेतो रंगको कुर्ता सुरुवाल लगाएको , गहु गोरो वर्णकी करवि ५ फीट ३ इन्च भएकी लक्ष्मी पाण्डलाई देख्ने महानुभावले नजिकैको प्रहरी चौकी वा लक्ष्मीका श्रीमान एकादेव पाण्डेको सम्पर्क नम्बर ९८५७०२३१६१ वा भाई कृष्ण भण्डारी ९८५७०३०३२५ मा सम्पर्क गरी खबर गर्न पनि अनुरोध गर्नु भएको छ। उहाँको खोजीकार्य जारी राखेको प्रहरीले बताएको छ । मोवाइल लोकेशन ट्र्यक गर्दा त्रिवेणी धाम लोकेशन ट्र्यक भएको प्रहरीले जनाएको छ । तिलोत्तमा १ आरती चोक बस्ने स्थानीयका साथै उनका , इष्ट ,मित्र र परिवारजनका साथै प्रहरीले पनि खोजी कार्य जारी राखेको छ ।







