
आज भएकाे न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा श्री राधाकृष्ण युवा कल्ब विजयि भएको छ । निकै टक्करमा भएको खेलमा श्री माछापुच्छ्रे कल्ब लाई ४ का विरुद्ध ५ गाेल गर्दै श्री राधाकृष्ण युवा कल्ब विजयि भएको छ । खेल मा दुबै टिमले २/२गाेल गरि खेल बराबरिमा लगेका थिए ट्राईबेकरमा पुगेकाे खेलमा ४ का विरुद्ध ५ गाेल गर्दै श्री राधाकृष्ण युवा कल्ब दल्का विजयि भएको छ । आजकाे खेलमा श्री राधाकृष्ण युवा कल्ब दल्का खेलाडि जर्सि नं १२ निखिल परियार म्यान अफ द म्याच घाेषित भई पुरस्कृत भएका छन् । कल्बका संरक्षक नरजंग गुरुङले उक्त पुरस्कार प्रदान गर्नु भएको थियोे ।
निकै राेमान्चक र उत्साहपुर्वक सनचालन भईरहेकाे भाेलि १२ गतेकाे खेलमा आयाेजक न्यु सिर्जना युवा कल्ब कराैजिया भर्सेज एन्फा एकेडेमी बुटवल बिच खेल हुने छ ।







