
पार्वती थारु,
तिलाेत्तमा फागुन १०
श्री पश्चिम पहुनी माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमण गरेको छ । विद्यालय र पुस्तकमा मात्रै सिमित नरहेर विद्यार्थीको चौतर्फी विकासका लागी शैक्षिक अवलोकन भ्रमण गरिएको विद्यालयले जनाएको छ । रुपन्देहिकाे तिलोत्तमा ६ पुर्वपहुनीमा अवस्थित रहेको यस विद्यालयले फागुन १० गते शनिवार कक्षा ४ , ६, ७ र ९ मा अध्ययनरत विद्याथीहरुलाई बुटवलको जितगढी किल्ला, फुलबारी , जगदीशपुर ताल, तिलौराकोट, र लुम्बिनीको भ्रमण गरेको हो ।

कुनै पनि व्यक्तिले जति कुरा एउटै स्थानमा बसेर सिक्दछ त्यो भन्दा पनि बढी कुरा नयाँ ठाउँ र परिवेशको भ्रमणबाट सिक्दछ , अझ भ्रमणबाट सिकेका कुराहरुलाई उसले आफ्नो हैसियत अनुरुप व्यवहारिक रुपमा लागू गर्न सक्षम पनि हुने भएकाले विद्यालयले विद्याथीहरुलाई शैक्षिक अवलोकन भ्रमणमा प्रत्येक वर्ष लैजाने गरेको विद्यालयका प्रध्यानाध्यापक दुर्गानारायण श्रेष्ठले बताउनु भयो ।

यस्तै शैक्षिक भ्रमणमा विद्याथीसगै रहनु भएका विद्यालयका सह प्राध्यानाध्यापक पुण्य वगालेले बालबालिकाहरुका लागि गराईने शैक्षिक भ्रमणहरु योजना बनाएर गरिएको बताउनु भयो । उहाले विद्याथीहरुले भन्नु भयो “विद्यार्थीहरुले भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिएन्न,, उपलब्धीमूलक पनि बनाएका छन् , भ्रमण अत्यन्तै फलदायी भयो” ।
समाजमा हुने गरेका विकृतिहरुप्रति सचेत हुँदै प्रत्येक बालबालिबाहरुका लागि आफ्नो भविष्यको सफल बाटो पहिल्याउनका सफल बन्नु नै भ्रमणको प्रमुख उद्देश्य रहेको विद्यालयले जनाएको छ ।











