
पार्वती थारु तिलोत्तमा फागुन १०
स्व उमा रेश्मी मगरको स्मृतिमा तिलोत्तमा १३ करौजियामा सातौ न्युसिर्जना कप नक आउट फुटवल प्रतियोगीता चलिरहेको छ । न्यु सिर्जना युवा कल्बको आयोजनामा जारी आजको चौथो दिनको खेलमा समपुण युवा कल्ब सुपौली भर्सेज न्यु राइज युथ कल्ब बभनी वीचमा कडा प्रतिस्पर्धा हुदै छ । तिलोत्तमा १३ करोजियामा रहेको न्यु सृजना युवा कल्बको खेल मैदानमा हुने प्रतियोगीता दिउसो २ः३० बजेबाट सुरु हुने छ । प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको छ ।
खेल संयोजक शेर बहादुर गुरुङ्ग ले प्रथम पुरस्कार रु .१लाख २२ हजार ५सय नगद राशि सहित कप, मेडल र प्रमाणपत्र रहेको बताउनु भयो । यसैगरि द्वितीय पुरस्कार रु ६५ हजार नगद राशि सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजार सहित कप, मेडल र प्रमाणपत्र , उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने संयोजक गुरुङले बताउनु भयो ।
।अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्र लाई टेवा प
ुर्याऔ भन्ने नारा सहित यहि फागुन ७ गते देखि २४ गतेसम्म नटआउट फुटबल खेल हुदै छ ।







