
पार्वती थारु
तिलोत्तमा फागुन ४
रुपन्देहीको तिलोत्तमा १३ करौजियामा यही फागुन ७ गते देखि ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १३ करौजिया निवासी स्व. उमा रेश्मी मगर को स्मृतिमा ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुन गइहरको हो । तिलोत्तमा १३ करौजियमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगीताको सबै तयारी पुरा भएको क्लब का अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।

फुटवल खेलका बारेमा जानकारी गराउदै खेल संयोजक शेर बहादुर गुरुङ्ग ले प्रथम पुरस्कार रु .१लाख २२ हजार ५सय नगद राशि सहित कप, मेडल र प्रमाणपत्र रहेको बताउनु भयो । यसैगरि द्वितीय पुरस्कार रु ६५ हजार नगद राशि सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजार सहित कप, मेडल र प्रमाणपत्र , उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने संयोजक गुरुङले बताउनु भयो ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारले सम्मान गरिने क्लबका अध्यक्ष सोवित थापा दर्लामिले बताउनु भएको छ । न्यु सृजना युवा कल्बका अध्यक्ष सोवित थापा दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा करौजिया टोल बिकास संस्थाका अध्यक्ष ओम बहादुर राना , विशिष्ट आतिथीमा सातौ न्यु सृजना कपका मुख्य प्रायोजक कुल बहादुर रेश्मी, छैठौं न्यु सृजना कपका मुख्य प्रायोजक तथा क्लबका संरक्षक नरजङ्ग गुरुङ्ग रहनु भएको थियो ।
क्लबका संरक्षक नरजङ्ग गुरुङ्ग र प्रमुख अतिथि ओम बहादुर राना शुभकामना मनतब्य राख्दै फुटवल खेलमा भविष्य देख्ने हरेक खेलाडीलाई साथ सहयोग र अवसर प्रदान गर्ने बताउनदै प्रतियोगीताको भव्य सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको विशिष्ट आतिथीमा एन्फा रेफ्री अमर पुन , बबि छन्त्याल र रुपेन गुरुङ , विभिन्न क्लबका टिमहरुको अध्यक्ष एवं प्रतिनिधिहरु , क्लबका सल्लाहकार र पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकोे कार्यक्रमको सन्चालन खेल प्रचारप्रसार संयोजक धन बहादुर चौधरीले गर्नु भएको थियो ।

तिलोत्तमा १३ करोजियामा रहेको न्यु सृजना युवा कल्बको खेल मैदानमा हुने प्रतियोगीता दिउसो २ः३० बजेबाट सुरु हुने छ । ।अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्र लाई टेवा पुर्याऔ भन्ने नारा सहित यहि फागुन ७ गते देखि २४ गतेसम्म नटआउट फुटबल खेल हुनेछ ।








