पार्वती थारु,

फागुन २ तिलाेत्तमा

रुपन्देहीको तिलाेत्तमा ६ मा पुर्वपहुनिमा अवस्थित श्री पश्चिम पहुनि माध्यमिक विद्यालयमा (आज )शुक्रबार  एचपिभि खाेप अभियान सन्चालन भएको  छ ।

नेपाल सरकार स्वास्थ्य  तथा जनसंख्या  मन्त्रालयकाे राष्ट्रिय  खाेप कार्यक्रम अन्तर्गत  पाठेघर क्यान्सर  राेगबाट बच्नका लागि खाेप अभियान सन्चालन  भएको  हाे  । कार्यक्रममा यस  विद्यालयमा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत  १ सय १ जना छात्रा विद्यार्थीहरुलाई खाेप लगाइएकाे छ । 

एच .पि .भि.काे संक्रमणबाट सुरक्षित हुन विद्यालयमै पाठेघरकाे मुखकाे क्यान्सर  गराउने  human papilloma virus विरुद्धकाे एच पि.भि. खाेप लागाईएकाे हाे । 

खाेप अभियानमा आनन्दवन स्वास्थ्य  चाैकिका स्वास्थ्यकर्मी, वडा नं ६ का  वडा सदस्यद्वय सीता खनाल र गिता गन्धर्व , विद्यालयका प्रध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठ  लगायत विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुकाे  उपस्थित  रहेकाे थियाे ।

यस विद्यालयमा प्ले ग्रुप देखि प्लस टु सम्म इंग्लिस र नेपाली दुवै मिडियममा अध्यापन  हुदै आएकाे छ ।