

पार्वती थारु, माघ ५ तिलाेत्तमा
राष्ट्रिय जनमुक्ति पार्टीकाे ३४ औ स्थापना दिवस भव्य रुपमा मनाइने भएको हाे । तिलाेत्तमा ३ शंकरनगरमा आईतवार (भाेलि) विहान १० वजे उक्त स्थापना दिवस मनाउने कार्यक्रम रहेकाे राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समन्वय समिति रुपन्देहिका अध्यक्ष प्रेम बहादुर थापाले बताउनु भएकाे छ । सबै खाले विभेदको अन्त्य र पूर्ण संघियताकाे सुनिश्चितता, भ्रष्टाचार मुक्त समृद्ध नेपालकाे निर्माण हाम्रो प्रतिवद्दता, भन्ने नारा सहित स्थापना दिवस मनाउन गईरहेकाे हाे । साथै समाजसेवि, अगुवा, कर्याकर्ता, प्रतिनिधि , बुद्धिजीवी सबैलाई उपस्थिति हुन आयाेजकले अनुराेध गरेकाे छ ।







