पार्वती थारु , तिलोत्तमा पुस २७

रुपन्देहीको तिलोत्तमा १२ तुकतुइया मा शनिवार ११ औं माघी (खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।
थारु संवत् २६४८ तथा थारुहरुको नयाँ वर्ष खिचडी विशेष कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी माघी पर्व भनेको पुरानो वर्षको समीक्षा गर्दै नयाँ वर्षको नयाँ योजना र कार्यक्रम गरिने गरिन्छ , जसले समाजमा र जीवनमा समृद्धि ल्याउन सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
उहाले भन्नु भयो “थारु जाति नभएको भए यो तराई र तराईको र्उवर भुमी रहने थिएन र हामी यहाँ वसोवास गर्न सक्ने अवस्था हुने थिएन , तर अहिले हामी खुसीका साथ खिचडी मनाइरहेको छौ यो खुसीको कुरा हो
। प्रकृतिसगँ लड्ने र प्राकृतिक रोग सगँ लडेर विजय प्राप्त गरेको थारु समुदाय अब राजनीतिक दल भित्र पनि सहभागी हुने र नेतृत्व गर्ने कुरामा पनि अव्वल भएर आउन जरुरी रहेको प्रतिनिधि सभा सदस्य चौधरीले बताउनु भयोे । उहाले शिक्षा, आइ टी र राजनीतिमा अगुवाइका लागी सबैको ध्यान जानुपर्नेमा जोड दिनु भयो । थारु समुदायको वभनीमा थारु संग्रहलायको पुरा गर्दै सन्चालनमा ल्याउनेमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीले माघी खिचडीको शुभकामना दिदै तुकतुइया खेलमैदानमा धेरै काम गर्न वाकी छ । यही वर्ष यो खेल मैदानमा शौचालय बन्छ भन्ने प्रतिवद्धता जनाउनु भयो ।हाम्रो अग्रहले यो पर्व खिचडीमा छोरीचेली लाई वोलाएर पारिवारिक रुपमा मनाउने गर्थे भने समायनुसार परिर्वतन भएको छ । सामुहीक रुपमा भव्य रुपमा नयाँ वर्षको रुपमा मनाउदै छौ खिचडीले रौनक छाएको बताउनु भयो । उक्त अवसरमा वोल्दै थारु युवाहरु शिक्षित हुदै गएपनि अवसरवाट वन्चित भएको बताउनु भएको । त्यही अवसर वन्चितलाई अवसर दिनका लागी तिलोत्तमा नगरपालिका स्वरोजगार र आत्मानिर्भर सीपमुलक तालिम प्रदान गर्दे आएको बताउनु भयो । यसमा सबैको पहुच अझै पनि हुन नसकेकाले नागरिक आफैले पनि त्यसको पहुचमा पुग्न सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।
हाम्रो पहिचानमा रहेको सिता विवाह कार्यक्रम हाम्रो पराम्परा हो तर त्यो हराउदै गएको छ । त्यसैले सिताको विवाह कुनै पनि गाउँ गर्न खोज्दै छ भने तिलोत्तमा नगरपालिका आर्थिक सहयोग गर्न तयार छ । थारु समुदायको सर्वपक्षीय विकासका लागी बजेट छुट्याएको छ तपाईहरु सम्पर्कमा आउनु होस् । हाम्रो संस्कृति प्रवद्र्धन गर्नका लागी तपाई अगुवाइ गर्नुहोस् तािलेत्तमा नगरपालिका तपाइको साथमा छ ।

यसै गरी कार्यक्रमका अतिथि तथा थारु कल्याण कारिणी सभा जिल्ला सभापति कमल नारायण चौधरले खिचडीको शुभकामना दिदै आज तपाई युवा हुनुहुन्छ भोली वृद्ध अवस्थामा पुग्नुहुन्छ तपाइको सन्तानको अवस्था नविग्रीयोस् भन्नेमा चनाखो हुन जरुरी रहेको बताउनु भयो । आउने दिनमा आफ्नो सन्तानको उज्वाल भविक्ष्यका लागी पनि पहिचान र संस्कृतिको प्रवद्धनमा जोड दिन आवश्यक रहेको थाकसा जिल्ला सभापनि चौधरीले बताउनु भयो । उहाले भन्नु भयो “हामी शिक्षामा अगाडि हुदाँहुदै पनि पछाडि छौ देशको अवस्थाको बारेमा जान्न जरुरी छ “हामीले बुझ्ने गरी १ पटक संविधान २०७२ पढ्न जरुरी छ” ।

कार्यक्रममा तिलोत्तमानगर भित्रका ८० वर्ष भन्दा माथि उमेरका १० जना थारु जेष्ठ नागरिक सम्मान, रक्तदान जीवनदानमा सहयोग गर्ने रक्तदातालाई सम्मान, १ जना थारु विद्यार्थी (स्नाताकोत्तर) सम्मान, थारु अन्तराष्ट्रिय खेलाडी पवित्रा चौधरीलाई सम्मान कार्यक्रम, तिलोत्तमा एफ एम का समाचार संयोजक पार्वती थारु लाई थारु पत्रकार सम्मान कार्यक्रममा प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी थारु संस्कृति र पहिचान वोकेको थारु झुमडा, झाँकी र्झरा तथा नृत्य विशेष नृत्य विशेषलाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो ।


(खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रममा थारु विशेष परिकारहरुमा घोंघी , ढिकरी ,अन्दीको भुजा, पतुसनी, आलुको चोखा, माछा र माछाका विभिन्न परिकारहरुको मेला स्टल रहेको थियो । थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिति रुपन्देहीको आयोजना, तुकतुइया टोल विकास संस्था , श्री कृष्ण युथ कल्बको सहआयोजनामा माघी (खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम २०८१ भएको हो । कार्यक्रममा थारु पहिचान झल्कने झाँकी , झर्रा, मयुर नाच, लाट्ठी नाच, थारु हस्तकला, भेषभुषा , पहिरन र एकल तथा सामुहिक नाच समेतको विषेश प्रस्तुति गरिएको थियो । कार्यक्रमको सन्चालन थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समतिका अध्यक्ष आशाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका सचिव दिनानाथ चौधरी र सहसचिव धनवहादुर चौधरीले गर्नु भएको थियो भने साँस्कृतिक कार्यक्रमको सन्चालन सन्तु दंगोरिया र अनिता चौधरीले गर्नु भएको थियो ।