सुन्दर गुरुङ , मंगलापुर, पौष १९


प्याब्सन तिलोत्तमाको पदस्थापन प्याब्सन कार्यालयमा सम्पन्न गरेको छ।
पदस्थापन कार्यक्रममा निबर्तमान अध्यक्ष के. एन सागर ज्ञवालिले नवनिर्वाचित अध्यक्ष दिपक गौतमलाई सुभकामना सहित पद हस्तान्तरण गरेका थिए । त्यसै गरि निबर्तमान सचिब पवन सराङ्कोटीबाट नवनिर्वाचित सचिब चन्द्र अधिकारिलाई माइन्युट हस्तान्तरण गरि पदस्थापन गरेका थिए । त्यसै गरि निबर्तमान कोषाध्यक्ष चन्द्र अधिकारिले नवनिर्वाचित कोसाध्यक्ष गोपाल गौतमलाई सम्पूर्ण हरहिसाब हस्तान्तरण गरि पदस्थापन गरेका थिए ।प्याब्सन केन्द्रिय सदस्य खेमेन्द्र राना, प्याब्सन लुम्बिनी प्रदेस अध्यक्ष लालहरी पाण्डे, प्याब्सन लुम्बिनी प्रदेश सदस्य डि.बि थापाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सुभकामना ब्यत्त गरेका थिए ।


कार्यक्रम निबर्तमान अध्यक्ष के.एन सागर ज्ञवालीको अध्यक्षतामा, निबर्तमान उपाध्यक्ष मधुप्रकास ज्ञवालीको स्वागत र सचिब चन्द्र अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।