
तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद इकाइ समिति करौजिया रुपन्देहीको आयोजनामा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्ने अतिथिहरुले गुरुङको मौलिक पहिचान र यसको महत्वका वारेमा शिक्षा प्रदान गर्नुपर्नै आवश्यकता रहेको औल्याएका थिए । लोप हुदै गइरहेको मौलिक धर्म पराम्परालाई प्रवद्धर्नको आवश्यकता रहेको बताएका थिए । समय परिर्वतन भएसगै आफ्नो पहिचानलाई पनि पारिमार्जित गर्दै लैजानुपर्नेमा सहभागी कक्ताहरुले जोड दिएका थिए ।

समितिका अध्यक्ष लोक वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा वडा नं १३ का वडा अध्यक्ष नारायण ढकालको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी अतिथिहरुमा गुरुङ राष्ट्रिय परिषद नगर समिति अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नरजंग गुरुङ, गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सदस्य झम बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद ति.न.पा. सचिव चित्र प्रसाद गुरुङ ,विश्वशान्ति महाज्ञान वौद्ध गुम्वाका अध्यक्ष नन्द प्रसाद गुरुङ, सिर्जना युवा कल्ब करौजियाका अध्यक्ष सोवित दर्लामी, नेपाल आदीवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय समितिका सचिव धनवहादुर चौधरी , रुपन्देही फुटवल संघका अध्यक्ष तथा लोक पुन, ऐन प्यव्सान रुपन्देहकिा अध्यक्ष विलप्रसाद गुरुङ लगायतको सहभागीता रहेको थियो । यसैगरी कार्यक्रममा वालवालिकाका लागी मिठाइ रेस, महीलाका लागी चम्चा रेस र पुरुषका लागी छेलो फाल्ने प्रतियोगीता आयोजना गरिएकोमा मिठाइ रेसमा दीप, चम्चा रेसमा दीपिका गुरुङ र पुरुष छेलो फाल्ने खेलमा अमृत गुरुङले प्रथम स्थान हासिल गर्दै पुरस्कृत भएका थिए । साथै विभिन्न विभिन्न क्षेत्रमा योगदान पुरेयाउने व्यक्तिवहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा पहिचान झल्कीने सोरठी नृत्य , झाँकीका साथै विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा इकाइ समतितिका सम्पुण प्रतिनिधि, स्थानीय कलाकार लगायत स्थानीयको भव्य उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन समितिका सचिव दिपिका गुरुङले गर्नु भएको थियो ।








