पौष १५, कोटिहवा
नोबल इन्भायरोमेन्ट एकेडेमीले शैक्षिक भ्रमणका क्रममा नेपालको संघिय राजधानी र त्यस वरपरका स्थानहरु भ्रमण गरेको छ
कक्षा ८,९ र १० कक्षाका विधार्थीहरु सहित ३३ जनाको भ्रमण टोलीले संघिय संसद भवन, सिंहदरवार लगायत विभिन्न साँस्कृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरुको भ्रमण गरेको थियो । जसमा पशुपतिनाथ, स्वयम्भुनाथ, बौद्धनाथ, भक्तपुर दरवार क्षेत्र, त्रिभुवन विश्वविद्यालय, सदर चिडिया घर लगायत स्थानमा भ्रमण गरेको थियो । भ्रमणका क्रममा संसद भवन र सिंहदरवार भ्रमणका लागि प्रतिनिधी सभा सदस्य रणेन्द्र बरालीले सहजिकरण गर्नुभएको थियो ।

भ्रमण पछि संसदिय दलको कार्यलयका विद्यार्थीहरुले साक्षतकार समेत गरेका थिए । पौष ७ गतेदेखि १३ गते सम्म भएको भ्रमणमा विद्यार्थीहरुले सिकेका ज्ञान अनुभव समेत १४ गते एक कार्यक्रमका विच आदनप्रदान गर्दै प्रतिबेदन समेत विद्यालय प्रशासनलाई बुझाएको छ ।