
पार्वती थारु , तिलोत्तमा
रुपन्देहीको तिलौत्तमा ६ पुवै पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयको भवन समुद्घाट तथा छात्रवृत्ति वितरण कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाको समग्र विकासका लागी बजेट विनियोजन गरी विकास गर्ने बताउनु भएको छ ।

आज रुपन्देहीको तिलोत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा नवनिर्मित ६ कोठा भवनको उद्घाटन गर्दै उहाले सो कुरा बताउनु भएको हो । तिलोत्तमामा रहेको यो वडा नं ६ मा गर्नुपर्ने धेरै कामहरु रहेको बताउदै तीनै तहका दल प्रतिनिधिहरु मिलेर विकासको काम गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले सामुदायिक विदालयमा नर्सरी देखि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको बताउनु भयो । यसले विदार्थीलाई पाषिलो र स्वस्थकर नास्ता पाइने र निम्नवर्ग विपन्न वर्गले पनि सहजै बालमैत्री वातावरणमा पढ्न सक्ने अवस्था यस विद्यालयमा रहेको बताउनु भयो । उहाले संस्थागत भन्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या उच्च रहेको बताउनु भयो ।
उहाले वोल्दै भन्नु भयो तिलोत्तमा नगरमा गर्नुपर्ने कामहरु तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण र उपमेयर जागेश्वर देवी चौधरीले, वडा नं६ म ागर्नुपर्ने कामका लागी वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकका साथै समाजसेवी र सबै वडा , टोलवासीको हातेमालो बाट गर्दै जाने उल्लेख गर्नु भयो । संघ , प्रदेश , स्थानीय तह, वडाका जनप्रतिनिधीहरु यहाकाँ जनताले चाहेका सबै मागहरुलाई क्रमिक रुपमा बढेकोे बताउनु भयो । “केही ढिलो चाँडो होला तर यहाका मागलाई पुरा गर्छाै हामीले वडा नं ६ को मात्र नभई समग्र तिलोत्तमाको विकासका लागीलागी परेका छौ , हामी रुपन्देही जिल्लालाई नै देशको नमुना जिल्ला बनाउनका लागी विकासका अठोट लिएर अगाडी बढेका छौं” । उहाँले भनु भयो ।
शिक्षा क्षेत्रको विकासका लागी भौतिक सुविधाको व्यवस्था , पढ्नका लागी सबै वालवालिकालाई अवसर पाउनु पर्छ । शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा नेपाल सरकार र स्थानीय सरकाले पनि धेरै ठुलो लगानी गरेको बताउनु भयो । जसले शैक्षिक विकास भएको बताउनु भयो । सामुदायिक विद्यालयमा पढ्ने विद्याथीहरुले मध्यम र निम्न वर्गका रहेकोले स्वस्थ भएर पढ्नका लागी दिवा खाजाको व्यवस्था छ , नगरप्रमुख छात्रवृत्तिकोषको स्थापना भएकाले ५ हजारका दरले गएको वर्ष दिएको र यस वर्ष पनि १ सय ५२ जनालाई प्रदान गर्ने समेत बताउनु भयो । तिलोत्तमा गरपालिकाको सम्पुर्ण विकासका लागी तिलोत्तमा नगरपालिका निरन्तर अगाडी बढेको बताउनु भयो ।
प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री तथा रुपन्देही क्षेत्र नं २ (क) का सभासद तथा कायृक्रमका विशिष्ट अतिथि लिला गिरीले मन्तव्य राख्दै यस विद्यालयको पढाईको स्तर माथी उठाउने सन्दर्भ सगैँ लागी हामी सबैले आ आफ्नो तर्फ बाट लाग्नु पर्नै बताउनु भयो । उहाले भन्नु भयो “स्थानीय र प्रदेश सरकाले शिक्षा पद्यातिलाई व्यावसायिक रुपमा परिस्थति सिर्जना गर्नु पर्छ अन्र्तराष्यि रुपमा लैजानका लागी यस विद्यालयले पनि प्रण गर्नु पर्छ ।” यस कार्यमा आफुले सहकार्य र साथ दिने बताउनु भयो ।
यसैगरी कार्यक्रममा अंग्रजी तथा नेपाली दुवै माध्यममा अध्ययन गर्नै र्नसरी देखि कक्षा १० सम्म अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस्तै अक्षकोष दाता तथा विद्यालयलाई अथक सहयोग गर्दै आउनुभएका व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयले प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।
श्री पश्चिम पहुनी माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी विशिष्ट आतिथीहरुमा राष्ट्रिय सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री तथा रुपन्देही क्षेत्र नं २ (क) का सभासद तथा लिला गिरी , तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्णा खाँड,, उपमेयर जागेश्वरदेवी चौधरी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्ष, युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिव गंगाराम आचार्य ,तिलोत्तमा वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, छात्रवृत्ति अक्षय कोषका पदाधिकारी तथा प्रतिनिधी, विद्यालयका प्राध्यानाध्यापक दुर्गानारायण श्रेष्ठ, सह प्राध्यापक पुण्य प्रसाद बगाले , इग्लिंस मिडियमका कोर्डिनेटर दुर्गा नारायण दत्त , लगायत शिक्षक शिक्षिका, अभिभावक, वडा टोल लगायत समाजसेवी, अग्रज नेतृत्व , तिलोत्तमा सिटीका सम्पादक तथा पत्रकार मोहन न्योपाने , रुपन्देही खबर डटकमका सम्पादक तथा पत्रकार उर्मीला यादव, तिलोत्तमा एफ एम का समाचार संयोजक पार्वती थारु , अभिभावक तथा शिक्षक विद्यार्थीहरु र स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो कार्यक्रमको सन्चालन शिक्षक इन्दिरा गीरीले गर्नु भएको थियो ।








