
तिलोत्तमाको श्री पश्चिम पहुनी मा.वि.को नवनिर्मित भवनको उद्घाटन गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आउदै
पार्वती थारु , मंसीर १३ तिलोत्तमा
नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रुपन्देहीको तिलोत्तमामा शुक्रवार (भोली) आउदै छन् ।

तिलोत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा निर्माण गरिएको दक्षिण तर्फको नवनिर्मित ६ कोठा भवनको उद्घाटन समारोहमा आउने कार्यक्रम रहेको विद्यालयले बताएको छ । भोली विहान करिब ९ ः३० बजे उक्त भवनको उद्घाटन समारोह अर्थमन्त्री पौडेलको करकमलबाट हुने भएको छ ।
श्री पश्चिम पहुनी माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहने उद्घाटन समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता , तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको आतिथ्यता समेत रहने विद्यालायले जनाएको छ। नवनिर्मित ६ कोठा भवनको उद्घाटन गरि शैक्षिक उन्नयन विद्यालयलाई आगडि बढाउन मद्दत पुग्ने विश्वास लिएको विद्यालय प्र .अ. दुर्गा नारायण श्रेष्ठले बताउनु भएको छ ।
साथै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारिदिनका लागि शिक्षक वर्ग, समाजसेवी , राजनीतिज्ञ नेतृत्व, वडा अध्यक्ष , शिक्षक अभिभावक तथा स्थानिय सम्पुर्णलाई उपस्थितका लागि हार्दिक आमन्त्रण गरिएको छ ।
श्री पश्चिम पहुनि मा. वि.मा नर्सरी देखि प्लस टु सम्म अध्यापन हुन्छ । साथै अंग्रेजी र नेपाली दुबै माध्यममा दक्ष तथा अनुभवि शिक्षकहरुबाट अध्यापन हुँदै आएको छ ।








