
पार्वती थारु,
तिलाेत्तमा कार्तिक ९
समसामयिक राष्ट्रिय परिस्थिति र पार्टीको भुमिका विषयमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम ( २०८१) सम्पन्न भएको छ । रुपन्देहीको तिलाेत्तमा ९ मंगलापुरमा अवस्थित राष्ट्रिय जनमुक्ति पार्टीकाे पार्टी कार्यालयमा आज शुक्रबार (कार्तिक ९ गते) कार्यक्रम गरिएकाे हाे ।
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यकारि अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख प्रशिक्षक केशव सुर्यवंशिले प्रशिक्षण गर्नु भएको थियाे । उहाँले प्रशिक्षण दिदै सहभागिबाट आएका प्रश्न तथा जिज्ञासालाई सहज रुपमा प्रष्ट पार्नु भएको थियाे ।
उहाले देश संकटकालिन अवस्थावाट गुज्रिरहेकाे हुनाले देश र जनताका विषयमा आईपर्ने जस्तोसुकै समस्या समाधान गर्न सक्ने सक्षम र प्रखर नेतृत्व बन्न सक्नु पर्ने बताउनु भयाे । उहाले भन्नु भयाे जब नेतृत्व इमानदार र जवाफदेहि हुन्छ तब मात्र नेतृत्वकर्ताले देश र जनताले साचे अनुसारकाे प्रगति गर्न सफल हुन्छ ,” ।

कार्यक्रममा सहभागिहरुले यसप्रकारकाे प्रशिक्षण र अन्तर्कृयाले ऊर्जा थप्ने काम गरेकाे बताएका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम) काे आयाेजनामा सम्पन्न भएको कार्यक्रममा सहआयाेजक राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति रुपन्देही रहेकाे थियाे । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम)का अध्यक्ष झमबहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सन्चालन राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम)का सचिव चित्र प्रसाद गुरुङले गर्नु भएको थियाे ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम)का अध्यक्ष भझमबहादुर गुरुङ सहित समितिका पदाधिकारि, सदस्य यस्तै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समितिका अध्यक्ष प्रेम बहादुर थापा , समितिका पदाधिकारि तथा सदस्य , लगायत पार्टीका प्रतिनिधि , पदाधिकारि, सदस्य , अगुवा कार्यकर्ता लगायतकाे उपस्थिति रहेकाे थियाे ।

“सबै खाले विभेदकाे अन्त्य र पुर्ण संघियताकाे सुनिश्चितता , भ्रष्टाचार मुक्त नेपालकाे निर्माण हाम्रो प्रतिवद्वता ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टीले कार्यक्रम गर्दै आएकाे छ ।







