२१, भाद्र, तिलाेत्तमा

समृद्धि बाल क्लब तिलोत्तमा १६, शिव मन्दिरको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बालबालिकाहरुकाे अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले ब्याडमिन्टन र बतृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

किड्स ब्याडमिन्टन तर्फ डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो, टिन्स ब्याडमिन्टन तर्फ बिबेक क्षेत्री प्रथम ,शिव मगर दोस्रो भएका थिए । बतृत्वकला तर्फ भने प्रज्वलिका बस्याल प्रथम, सलिना तिमिल्सिना दोस्रो भएका थिए भने युनिक अधिकारी तेस्रो भएका थिए । प्रतियोगितामा बिजेता र उपबिजेता खेलाडिहरुलाई तिलोत्तमा वडा नम्बर १६ का वडाध्यक्ष झबी भुसाललले शुभकामना दिदै पुरुस्कार हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर १६ बाल संजालका अध्यक्ष प्रतिभा न्यौपाने, नगर बाल संजालका सदस्य सुमा दगामिले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम क्लबका सहसचिब प्रत्युस गुरुङको स्वागत, कोषाध्यक्ष चाहाना बस्यालको सञ्चालन र क्लबका अध्यक्ष प्रकृया गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियोे ।