पार्वती थारु, तिलाेत्तमा, भदाै २०
रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियाेगिता आज (विहिवार ) सम्पन्न भएको छ । श्री पश्चिम पहुनी माध्यमिक विद्यालयकाे आयाेजना र जय दुर्गा इम्पाेट एण्ड एक्सपाेर्ट प्रा लि. काे प्रयाेजनमा प्रतियाेगिता भएको थियाे ।

के.जी. देखि कक्षा १० सम्मका विद्यार्थीहरुले सामुहिक र एकल दुवै रुपमा तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियाेगितामा कक्षा ६ छात्रा रिया दंगाेरिया प्रथम, कक्षा ८ का छात्रा गाेविता साेमै द्वितीय र कक्षा ६ का नताशा अलि तृतीय भएका छन् । यसैगरि समृद्धि न्याैपाने,मन्जिला परियार र सिमरन घिमिरेले सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका छन् । विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापा तथा विद्यालयका प्रध्यानाध्पक दुर्गा नारायण श्रेष्ठले पुरस्कार प्रदान गर्नु भएकाे थियोे । प्रतियाेगिताकाे निर्णायक मण्डलकाे भुमिकामा शिक्षक चिनिमाया थापा , कुसुम तिमिल्सिना र अश्मि थापा रहुनु भएकाे थियोे । प्रतियाेगितामा २० समुहले भाग लिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जय दुर्गा इम्पाेट एण्ड एक्सपाेर्ट प्रा लि. प्राेपराइटर शंकर न्याैपानेकाे प्रमुख अतिथ्यता रहेकाे थियो । यसैगरि अतिथिहरुमा विद्यालयका प्र.अ. दुर्गा नारायण श्रेष्ठ, विद्यार्थी कल्याण अक्षयकाेष समितिका अध्यक्ष टेकबहादुर गुरुङ , विद्यालयका सहायक प्र.अ. पुण्य वहादुर वगाले, इंग्लिस मिडियम ईन्चाज दुर्गादत्त घिमिरे , विद्यालयका शिक्षक ,कर्मचारी , अभिभावक तथा विद्यार्थीहरुकाे उपस्थिती रहेकाे थियोे ।
विद्यार्थीहरु सँगै शिक्षक दुर्गादत्त घिमिरे र कुसुम तिमिल्सिनाकाे बेजाेड नृत्य प्रस्तुति रहेकाे थियो । कार्यक्रमकाे सन्चालन शिक्षक विन्दु काफ्लेले गर्नु भएको थियो ।