नेपाल आदिवासी जनजाति महासंघ तिलाेत्तमा नगर समन्वय परिषद रुपन्देहीले ३० औ विश्व आदिवासी दिवस २०८१ भव्यताका साथ मनाइने भएको छ ।

संविधान प्रदत्त अधिकार “आदिवासीहरुकाे विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर” प्रदेश र स्थानीय तहकाे सरकारी कामकाजकाे भाषामा आदिवासी जनजातिकाे भाषा लागू गर” भन्ने मुल नारा सहित विश्व आदिवासि दिवस मनाईने अध्यक्ष गंगाकुमारि छन्त्यालले बताउनु भयाे ।


यहि साउन २५ गते शुक्रबार तिलाेत्तमा ९ शंकरपुर चाेकमा विश्व आदिवासी दिवस भव्यताकाे साथ मनाइने वरिष्ठ उपाध्यक्ष प्रेम कनाैजे मगरले बताउनु भएकाे छ । नगरका ६ वटा एक जातिय संस्थाहरुकाे पहिचान झल्कने पाेषाक , नृत्य र झाँकि सहितकाे र्यालि विहान १० वजे बाट मणिग्राम बाट सुरु भएर शंकरपुर चाेकमा पुगि भव्य काेष सभामा परिणत हुने छ । तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणकाे प्रमुख आतिथ्यता रहने विशेष कार्यक्रममा शुभकामना सन्देश सहितकाे मन्तव्य रहने सचिव धन बहादुर चाैधरिले बताउनु भएको छ ।