
थारु कल्याणकारिणी सभा सैनामैना नगर कार्य समितिको विस्तारित बैठक सम्पन्न भएको छ । दुल बहादुर थारुको अध्यक्षतामा बसेको विस्तारित बैठकमा था.क.स केन्द्रिय पार्साद खुसी राम थारुको प्रमुख अतिथ्यता रहेको थियो ।
सम्पन्न विस्तारित बैठकबाट श्रावणी मेला वोलबम धाम पर्रोहामा २१ गते सोमबार भण्डारा गर्ने, सैनामैना ५ वालापुरमा गुड्ढ्ढीन् सेरुवायना नाग पन्चमी विशेष कार्यक्रम गर्ने, सैनामैना १० मा वड्की अत्तवार तथा अनन्ता विशेष कार्यक्रम गर्ने, थारु वडघरलाई सम्मान तथा मिना थारुको संयोजकत्वमा बडघर समिति गठन गरिएको छ । साथै समितिले एयटै ठाउँमा मात्रै गर्दै आएको बैठक वडा न१ देखि ११ सम्म सबै वडामा गर्ने निणर्य पनि गरेको छ ।







