
असार १९, तिलाेत्तमा
तिलोत्तमा ३ योगिकुटीमा नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कलाकार खडक बहादुर पुन मगर(खबपु) ले चलचित्रको बारेमा स्पष्ट पारेका थिए । चलचित्रलाई परम्परागत कला सस्कृति तथा सामाजिक गतिविधीसँग जोडदै अगाडि लैजानुपर्नेमा उनले जोड दिए । घर ज्वाईं का निर्माता जनक घर्ती मगरले चलचित्र रुकुमको तकसेरा गाउँमा छायांकन भएको र चलचित्र असार २८ बाट प्रदर्शन हुने जानकारी दिएका हुन ।
कार्यक्रममा नेपाल मगर सघं केन्द्रिय समितिका सहअध्यक्ष दलबहादुर बिरकटा , नेपाल मग्गर संघ केन्द्रीय समिती का उपाध्यक्ष गिता थापा , नेपाल मगर सघं का महासचिव टेकबहादुर नाम्जाली मगर, नेपाल मगर चलचित्र संघ का केन्द्रिय अध्यक्ष भिम राना, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर सघं रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बारघरेको अध्यक्षतामा र संघका सचीव इन्दु थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।







