शारदा शाही ठकुरी
२०८१ असार १०

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार पालिकाको दोस्रो नगरसभा तथा पाँचौ अधिबेशनमा उपप्रमुख जागेश्वर देवी चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो। पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।

शिक्षा तर्फ बालबिकास, कक्षा ब्यबस्थापन, यातायातका साधनमा अनुदान, नगर भित्र शिक्षा सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार बजेट प्रस्ताव गरिएको उपप्रमुख चौधरीले बताउनुभयो।

नमुना कृषक प्रबर्द्धन, कृषि व्यावसायिकरण, आधुनिकरण, धानखेतीमा हास पालन मल, बिउबिजनका लागि साथै दुग्ध उत्पादनका आधारमा अनुदानको ब्यबस्थालाई वृद्धि गरि समग्रमा कृषि पशुपालन र सिंचाइका लागी २ करोड ३७ लाख ७९ हजार बजेट प्रस्ताव गरेको चौधरीले बताउनुभयो।

मंगलापुर कान्छी बजार सडक खण्ड यसै आ.बर्षमा सम्पन्न हुने गरि कार्य अघि बढेको बताउदै समग्रमा भवन, शहरी, बिकास र पुर्वाधार बिकासका लागि ९८ करोड ७१ लाख बजेट बिनियोजन गरेको वहाँले जानकारी दिनुभयो।

युवा, खेलकुद तथा मनोरञ्जनका लागि १ करोड ११ लाख ५० हजार बजेट बिनियोजन गरिएको र लैंगिक समानता तथा सामाजिक समाबेसिकरण न्यूनीकरणका लागि समग्रमा २ करोड ७९ लाख ७५ हजार बजेट प्रस्ताव गरेको चौधरीले बताउनुभयो ।

स्वास्थ सेवामा थप सुधारको लागी ९ करोड ४५ लाख २२ हजार प्रस्ताव गरेको र पालिकाले सडक सौर्न्दर्य तथा उज्यालो तिलोत्तमा बनाउन पनि बजेट छुट्टयाइएको छ । पुर्वाधार बिकास मार्फत नगर रुपान्तरण , पर्यटन पुर्वाधार तथा पुरातात्त्विक स्थलको संरक्षणका लागि प्राथमिकता राखिएको चौधरीले बताउनुभयो ।