
पार्वती थारु
असार ५ , तिलाेत्तमा
रार्ष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति लुथमको नियमति तथा समीक्षा बैठक बुधबार सम्पन्न भएको छ । तिलोत्तमा ९ मंगलापुरमा रहेको पार्टी कार्यालयमा कार्यक्रम भएको हो । लुम्बिनी प्रदेश परिचालन समितिले गएको असार १ गते वर्तमान राजनैतिक परिवेशमा जनमुक्तिको भुमिका विषयमा १ दिने अन्तरक्रिया कार्यक्रम गरेको थियो । जसलाई बैठकमा समीक्षा गर्दा कार्यक्रममा समयसान्दाभिक र उपलब्धिमुलक भएको बैठकमा सहभागीहरुले बताएका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टीले उठान गर्दै आएको देश बचाउ, अभियान सार्थक बनाएर छोड्ने देखाउने सहभागीहरुले बताएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति लुथमका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार अशोक पुन, सल्लाहकार छत्र बहादुर दर्लामी, उपाध्यक्ष लीलमाया राना उपाध्यक्ष रेखा प्रसाद चौधरी , कोषध्यक्ष धनिसरा थापा, सहकोषध्यक्ष ओमप्रसाद वि.क.,सहसचिव लिलु दर्लामी, सदस्यहरु टेक बहादुर राना लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन समितिका सचिव चित्र प्रसाद गुरुङले गर्नु भएको थियो ।








