
चन्दा भुषाल, जेठ २५
तिलोत्तमा नगरपालिका वडा न.५ मणिग्राममा सन्ध्याकालिन भाेजन प्रदान गरिएको छ । रोट्री क्लब अफ मणिग्रामले शुक्रबार सन्ध्याकालिन भोजन कार्यक्रम सम्पन्न गरेकाे हाे । रोट्री क्लब अफ मणिग्रामका अध्यक्ष निर्मल बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।
परोपकारी एबम मानवताप्रेमी ब्याक्तित्वहरुद्वारा मानव सेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही तिलोत्तमा सेवा केन्द्रमा गरिमा बढाउने लक्ष्मीनारायण एवंम बालगोपाल ज्युहरुका निम्ति स-प्रेम सन्ध्याकालिन भोजन प्रदान गरिएको हो। कार्यक्रममा मानवताप्रेमी ब्यक्तित्वहरु एवंम रोट्री क्लब मणिग्रामका सम्पुर्ण क्लब परिवारको उपस्थिति रहेको थियो।साथै यस कार्यक्रमको लागि क्लबका सदस्य श्री अरुण पान्डेले बिदेशमा रहेर पनि समन्वय गर्नुभएकोमा क्लब परिवारले धन्यबाद ब्यक्त गरेको छ।








