सुन्दर गुरुङ , १५, कोटिहवा
गणतन्त्र दिवसको अवसरमा नोबल इन्भायरोमेन्ट एकेडेमीको आयोजना तथा नोबल बाल कल्बको ब्यवस्थापनमा एक दिने सरसफाइ कार्यक्रम आज सम्पन्न गरेको छ ।
कोटिहवा स्थित स्कुल परिसर, कोटिहवा चोक, कोटिहवा हाट बजार, बोहिया लगायतमा सरसफाइ गर्नुका साथै एक सचेतनामुलक र्‍याली समेत आयोजना गरेको थियो ।
सरसफाइ कार्यक्रमबाट संकलन भएको फ़ोहोर ब्यवस्थापन समेत गरिएको थियो । कार्यक्रमका संयोजक सुरेन्द्र मिश्राले सरसफाई कार्यक्रमले बालबालिका र समाजमा सरसफाईको लागि सचेतना बढाउने बिश्वास लिएका छन ।सरसफाइ कार्यक्रममा नगर बाल संजालका सदस्य सुमा दगामी, तिलोत्तमा १६ बाल कल्बका अध्यक्ष प्रतिभा न्यौपाने, प्रकृया गुरुङ, साङ पुन सुबास कोइरिले सचेतना मूलक मन्तब्य दिएका थिए ।