
पार्वती थारु जेठ १४ , तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा ६ कुन्जलापुरमा निशुल्क लोक सेवा तयारी कक्षा चलीरहेको छ । नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर सम्न्वय परिषद् रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा २ माहिने निशुल्क लोक सेवा तयारी कक्षा सन्चालन भइरहेको हो । अत्यन्तै मेहनेत गरेर लगनशीलताका साथ कक्षामा सहभागी हुदै आएका विद्यार्थीहरुले १ महिनाको अवधिमा लोक सेवा आयोग, निजामती सेवाको वारेमा धेरै कुराहरु सिक्न पाएको बताएका छन् ।
नजानेका कुरा कक्षामा छलफल गर्दै प्रभावकारी रुपमा कक्ष चलिरहेको सहभागी विद्यार्थीहरुले बताएका छन् । तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत तथा योजना तथा अनुगमन शाखा प्रमुख माधव प्रसाद पोखरेल , आर्थिक प्रसाशन शाखाका लेखा अधिकृत रमेश वस्याल, यस्तै आर्थिक प्रशासन शाखाका सहायक चोथौ रुद्र अधिकारीले लोकसेवाका विषयबस्तुमा प्रशिक्षण दिइ रहनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का अध्यक्ष गांगाकुमारी छन्त्यालले यस कक्षाले विद्यार्थीमा ज्ञानको विकास हुने बताउनु भएको छ । सहज र सरल रुपमा सिक्न पाउदा धरै राम्रो भएको अझै सिक्दै जाने बताएका छन् । बैशाख ९ गतेबाट चलिरहेको लोक सेवा कक्षामा आज जेठ १४ गतेसम्ममा धरै कुराको जानकारी मिलेको सिकारुहरुले बताएका छन् ।








