
सुन्दर गुरुङ ,पर्वत , १० जेठ
पर्वत जिल्ला फलेबास नगरपालिका वार्ड नम्बर १० नुवाखर्कमा अनबिर बाज्यू मण्डलिको प्रतिमा बुद्ध पूर्णिमाको अवसरमा प्रतिस्थापन गरिएको छ ।
१९४८ सालमा जन्मेका अनबिर गुरुङ एक नामुद सिद्ध पुरुष हुनुका साथै बैध्य समेत रहेका थिए । उनले त्यस क्षेत्रमा आध्यात्मिक र प्राकृतिक चिकित्सा मार्फत गाउँलेको सेवा गरेका थिए । जसका कारणले गाउलेहरुले उनको १९८७ सालमा म्यादीको राखुको झोलुङे पुल चुडिएर मृत्यु भए पछि उनको सम्झनामा मण्डली मन्दिर बनाई बार्सिक रुपमा पूजा अर्चना गरेका थिए ।

प्रतिमा प्रतिस्थापना गर्ने क्रममा पन्चकन्याले कलश यात्रा सहित, अनबिर बाज्यू मण्डलिको तस्बिर अङ्कित टिसर्ट लगाई बाजागाजा गरि उनको प्रतिमाको गाउँ परिक्रमा गरि मन्दिरमा प्रतिस्थापन गरिएको थियो ।
प्रतिमा प्रतिस्थापन पछिको एक औपचारिक कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अमर क्षेत्रिले बाज्यू मण्डलिको मन्दिरले आन्तरिक पर्यटन बढाउनुका साथै फलेबास नगपालिकाको संस्कृतिको बिकासमा समेत टेवा पुर्याउनेमा सहयोग गर्ने बताउनु भयो । वडाध्यक्षको करकमलबाट बाज्यू मण्डलिको मार्बलमा लेखिएको जीवनी र अनबिर बाज्यू मण्डलिको जीवनिको पुस्तिका समेत बिमोचन गरेका थिए । पुस्तिका बिमोचन पछि मन्दिरका अध्यक्ष कृष्ण बहादुर गुरुङ्ले प्रतिमाको पट्टि हटाएर प्रतिमा सार्वजनिक गरेका थिए ।

मण्डलिको जीवनिका लेखक पूर्णबहादुर गुरुङ्ले मण्डलिको जीवनी बाचन गरेका थिए । त्यसै गरि स्मृती गुरुङ र सुन्दर गुरुङ्ले ढुङ्गाको पूजा गर्ने गुरुङहरुले मुर्ती पूजा गर्ने अभ्यास गर्नाले उनिहरुको सामाजिक र सान्स्कृतिक बिकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा इन्डियन आर्मिका क्याप्टेन नितेस गुरुङ्लाई फेटा लगाई सम्मान गरिएको थियो । पूजाको अवसरमा हङ्कङ निवासी राम्बहादुर गुरुङ्ले २५ हजार, भैरहवा निवासी नरमाया गुरुङ्ले २५ हजार, क्याप्टेन निकेस गुरुङ्ले ३० हजार, भैरहवा निवासी पुस्पा गुरुङ्ले र सोम गुरुङ्ले ५/५ हजार सहयोग गरेका थिए । पूजा पछि मन्दिर समितिले सहयोग गर्ने दाताहरु, अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।









