
अन्तरर्वाता
तिलोत्तमा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण ढकाल
विकासले हरेक नागरिकको जीवनशैलीलाई परिर्वतन गरिदिन्छ , यो कुनै पनि मुलुकको अर्थव्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया पनि हो। भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ। विकासले सामाजिक आर्थिक , राजनीतिक आर्थिक रुपमा समेत सकारात्म प्रभाव पार्न सक्नु पर्छ ।

करौजियामा हाल कुन कुन विकास निर्माणका कार्यहरु भईरहेका छन् ?
पहिले देखिको साँघुरो सडक भएको कारणले दुर्घटनाको जोखिम छ । त्यसैले टोल विकासमा सरसल्लाह गरेर विस्तार गर्ने निर्णय भएको हो । लगभग ३३ फुट चौडाको बाटोमा १। १ मिटरको नाली निर्माण दुवै तर्फ हुन्छ , बाटोको २६ ।२७ फुटमा पिच बाटो बन्ने लक्ष्य रहेको छ ।
अनि दक्षिणी साइडमा रहेको सानो साघुँरो पुलको निर्माण कार्य यसै आयोजनामा समेटिएको छ त ?
विन्दु सदनको पत्थर डाडाँबाट करौजिया जोड्ने जुन बाटो छ त्यो बाटोका लागि आउने आर्थिक वर्षमा सडम विस्तार गर्ने र त्यस पुलको व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
अहिले करौजियामा कहाँ देखि कहमँ सम्मको विकास निर्माण कार्य भईरहेको छ ?
नगरपालिकाको बजेटको लगभग सिलिङ वजेट अन्तर्गत करौजिया गाउँको दक्षिणी साइडमा नहर मर्मतको काम, उत्तर साइडको बोरिङदेखि पुर्व पट्टि नहरको वाटो विस्तार भईरहेको छ । यस्तै वडा नं १३ र ६ जोड्ने कुन्जलापुरको बाटो स्ट्यान्डर्ड ग्राभेल भइरहेको छ । त्यसको अलावा यो प्रदेश सरकारको वजेटले करौजिया गाउँमा नाली निर्माण तथा बाटो विस्तार योजना तीव्र गतिमा भईरहेको मैले जानकारी गराउन चाहन्छु ।
यो काम कस्ले जिम्मा लिएको छ? कहिले सम्म सम्पन्न गर्ने लक्ष्य छ ?
यो कामको जिम्मा प्रदेश सरकमरको सडक पुर्वाधार टेण्डर प्रकिृयाबाट अगाडि बढाईरहेको छ । नालीको मात्रै काम २०८१ सालको यहि जेठ मसान्त सम्म सबै काम सम्पन्न हुने गरि ठेकेदारले ठेक्का प्रकृियाबाट काम गरिरहेको छ । मलाई लाग्छ नालीको काम बढिरहेकै छ जेठ मसान्तसम्म दुवै तर्फको नाली निर्माण कार्य गरेर सकिन्छ ।
यो करौजिया गाउँमा गाउँको भित्री सडक बाटो पनि हो , गाउँको विचबाट निस्केको पनि छ , विकास कार्य गरिरहदाँ यहाँका जनतालाइ कुनै कठिनाई वा समस्या त आईपरेको छैन ? किनकि तपाईंले सुरुमै भन्नू भयो कतिको पर्खाल, कतिको आँगान, कतिको अगाडिको घरै पनि पर्न गएको छ , यसलाइ कसरी व्यवस्थापन गर्नु भएको छ ?
पक्कै पनि विकास भनेको अप्ठ्यारो कुरा हो । यो गाउँमा वस्ती बसिसकेपछि त्यसैमा विकास निर्माण कार्य गर्न निकै कठिन हुने गर्दछ , अलिकति पुराना संरचनाहरू भत्किने सम्भावना हुन्छ , तर यश विषयमा सबै वडावासीलाई पुर्व जानकारी गराई , सबैको उपिस्थतिमा समझदारि गराई यो विकास निर्माणलाई रोक्न हुदैन , यसको राम्रोसँग विकास भएको खण्डमा हामीलाई नै फाइदा हुन्छ , भोलिका पुस्तालाई पनि ठुलो फाइदा हुनेछ भनेर काम गर्ने निर्णय भएको छ । सबैको सहमति छ । यसमा कसैको कम्पाउन्ड बाल, कसैको पेटि, कसैको घरै पनि पर्न गएको छ । त्यसको क्षतिपूर्ति दिने व्यवस्था स्थानिय सरकारमा छैन भनेर उहाँहरूलाई सम्झामएर काम गर्ने निर्णाय भएको हो । गाउँ बासिको साथ र सहयोग छ ।

अब विकास निर्माण सम्पन्न भयो भने करौजियाका वासिलाई के कस्तो फाइदा वा सहजता प्राप्त हुनेछ ?
पक्कै पनि सडक पुर्वाधार भनेकै विकासलाई जोड्ने पुर्वाधार हो । यहाँको सडक निर्माण सम्पन्न भयो भने किसानका लागि वजारिकरणमा सहजता आउँछ, सजिलै आवतजावतमा सुविधा हुन्छ , व्यापारिका लागि, सुविधा हुन्छ, गाडि राम्रोसँग चल्न पाउनेछन् । गाडि जाम हुदैन, दुर्घटना कम हुन्छ , माथि ६ नं वडालाई जोड्ने र तल १४ नं वडालाइ जोड्ने मुख्य बाटो नै यही बाटो हो त । सबैलाई सजिलो र फाइदा पनि हुन्छ । किनकि हरेक क्षेत्रमा यहि बाटोको अग्रणि भुमिका छ । बाटो बन्यो भने सरल हुन्छ ।
बुटवल भैरहवा जोड्ने सिद्धार्थ राजमार्गको अर्काे दोस्रो विकल्पको रुपमा पनि यहि बाटो रहेको छ , उता भैरहवाको अन्तरराष्ट्रियगौतम बुद्ध विमानस्थललाई पनि यसले जाडेको छ , लगायत विभिन्न कामका लागि यो बाटो उत्तम छ । मर्मत भएर विकास भयो भो अझै सेवासुविधा पाउन सकिन्छ नि ।
अन्त्यमा करौजिया टोल वाी लगायत वडा नं १३ का वडा वासीलाई दिने तपाईंको सुझाव र सन्देश के छ ?
मेरो सन्देश भनेको तिलोत्तमा नगरपालिका नेपालकै उत्कृष्ट मध्येको एक उत्कृष्ट नगरपालिका हो । यसको गरिमा बढाउनका लागि हरेक टोलबासीहरुले बनेका संरचनाको सरसफाई , रेखदेख , संरक्षण गर्नु पर्छ । भौतिक , मानविय जुनसुकै विकासको काममा स्फुर्त रुपमा अगाडि बढ्नु पर्छ । यस्ता खालका सामाजिक संरचनाकामम संरक्षणा गर्ने जिम्मेवार र दायित्व पनि टोलवासिकै वडावासीकै रहेको छ । सबैको साथ सहयोग छ र भईरहने छ भन्ने मा म ढुक्क छु ।सबै टोलवासीले वडावासीले सकृिया रुपमा तिलोत्तमाको नारालाई सार्थक बनाउने छन् भन्ने मैले विश्वास लिएको छु ।








