
पार्वती थारु, तिलाेत्तमा
लुम्बिनी स्पोर्ट्स कल्बको कर्वाड हलमा ४५ वर्ष उमेर पुरा भएका पुरुष बीच व्याटमिन्टन प्रतियोगीता हुने भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा यहि बैशाख १७ गते तिलोत्तमा १४ खैरियामा प्रतियोगीता हुने भएको हो । प्रतियोगीतामा प्रथम हुनेलाई ३० हजार,ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुनेलाई रु २० हजार ट्रफी मेडल र प्रमाण पत्र,र तेस्रो हुनेलाई रु १० हजार ट्रफी मेडल र प्रमाण पत्र,प्रदान गरिने छ । यसैगरी उत्कृष्ट खेलाडी १ जनालाई , अनुशासित खेलाडी १ जनालाई र जेष्ठ खेलाडी १ जनालाई क्रमशः रु २ ÷२ हजार नगर राशिले सम्मान गरिने छ । नाम दर्ताको समय यहि बैशाख १६ गते दिउसो १ वजेसम्म नाम दर्ता सयम रहेकोले तिलोत्तमा नगरपालिकामा स्थायी वसोबास गर्ने खेलाडीहरुलाई समयमा नाम दर्ता गर्न पनि आयोजकले जनाएको छ । यसैगरी नियमित ब्याडमिन्टन तालिम पनि हुने भएको छ ।लुम्बिनी स्पोर्ट्स कल्बको हलमा हुने तालिम बैशाख १५ गते देखि नियमित सञ्चालन हुने आयोजकले जनाएको छ । तिलोत्तमा १४ खैरीयामा आधारभुत इन्टरमिडियम र एड्भान्स गरि तीन तहमा प्रशिक्षण हुने भएको छ ।







