रुपन्देहीको तिलाेत्तमा वडा नं ६ ले सर्वाेउत्कृष्ट शिक्षक सम्मान गरेकाे छ । तिलाेत्तमा नं ६ मा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये बाट श्री पश्चिम पहुनि मा. वि. मा कार्यरत शिक्षक इन्दिरा गिरी लाई सर्वाेउत्कृष्ठ शिक्षककाे रुपमा सम्मानित गरेकाे छ । तिलाेत्तमा नगरपालिका वडा नं ६ काे नव निर्मित कार्यलय समुद्घाटन समाराेह अवसर पारेर उहाँलाई नगद रु २० हजार र प्रशंसा पत्रले सम्मान गरिएको थियाे । कार्यक्रममा तिलाेत्तमा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणश पाठककाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, विशिष्ट अतिथिमा नगर उप प्रमुख जागेश्वर देवि चाैधरि रहनु भएको थियाे । कार्यक्रमकाे सन्चालन वडा नं ६ का वडासचिव कृष्ण वहादुर क्षेत्रीले गर्नु भएको थियाे ।