पार्वती थारु , तिलाेत्तमा,

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समिति (लुथम) रुपन्देही को नियमति बैठक आज बुधबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा ९ मंगलापुरमा अवस्थित पार्टी कार्यालयमा बसेको बैठकमा राष्ट्रिय जनमुक्ति पार्टी मजबुत रहेकोमा सहभागीहरुले जोड दिएका थिए । यस्तै बहुजातिको वकालत गर्ने एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मात्रै रहेको बताएका थिए । बैठकमा वोल्दै लुम्बिनी प्रदेश परिचालन समिति प्रदेश ५ का अध्यक्ष झमबहादुर गुरुङले नेपालमा अझै पनि तानाशाह रहेको, सामान्तवाद रहेको र त्यसको विरुद्धमा वकालत गर्ने हिम्मत राख्ने पार्टी नै राष्ट्रिय जनमुक्ति पार्टी रहेकोमा गर्व गर्नु भयो । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समितिका अध्यक्ष झम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पार्टीका सल्लाहाकारहरु, डा.हाजी मोहम्मद हसन, अशोक पुन, छत्र वहादुर दर्लामी र नरजंग गुरुङलाई सम्मान पनि गरिएको थियो । सम्पन्न बैठकमा राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समितिका वारिष्ठ उपाध्यक्ष लिलमाया राना, उपसचिव लिल वहादुर दर्लामी, उपसचिव दिलमाया गुरुङ, कोषाध्यक्ष धनिसरा थापा, प्रदेश सदस्यहरुमा वणर् वहादुर राना, टेक वहादुर गुरुङ , आन वहादुर सोती, मन वहादुर पुन, तिल वहादुर झेडी, गगन थापा लगायत रहनु भएको थियो । प्रदेश परिचालन समितिका सचिव चित्र प्रसाद गुरुङले बैठकको सन्चालन गर्नु भएको थियो ।