
पार्वती थारु, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा ९ मंगलापुरमा आज विहान (शुक्रबार ) राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समिति रुपन्देहीले शुभकामना आदानप्रदान गरेको छ । नयाँ वर्ष २०८१ को अवसरको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । प्रमुख अतिथि तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्याकारि अध्यक्ष केशव वहादुर थापा (सुर्यवंशी) ले नयाँ वर्षले पार्टीलाई सफल बनाउन ऊर्जा थपोस् भन्दै शुभकामना दिनु भयो । उहाँले अबको ८४ मा राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा सरकार बन्ने दावि गर्नु भयो । यसैगरि पार्टी उपाध्यक्ष डा हाजि हसनले बोल्दै अब समय थोरै छ त्यसैले नेतृत्व गर्नकालागि संगाठित बनौं भनेर शुभकामना दिनुभयो । यसैगरि कार्यक्रममा पार्टि लुम्बिनी प्रदेश नं ५ अध्यक्ष झमबहादुर गुरुङले शुभकामना मन्तव्य दिदै हामी अहिले सडकमा र आन्दोलनमा रहेको बताउनु भयो । भलवारीमा चैत २९ गते आईपुगेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महाविर पुनको सहयोग गरियो त के सहयोग गर्नु गल्ति हो ? भन्दै प्रश्न गर्नु भयो । उहाँले फेरि भन्नू भयो राष्ट्रिय जनमुक्ति पार्टी यस्तै सेवाभाव र सत्कर्मले राष्ट्रको लागि र देशका जनताका लागि भलो गर्दै आईरहेको थियो , गर्दै छ र गरिरहने भनाइ राख्नु भयो । कार्यक्रममा पार्टीका भुमबहादुर बुढा, युवा संगठनका शंकर गाहा , महिला मोर्चाका आशा गुरुङ , ज्योति थापा, छत्र बहादुर दर्लामी लगायतले बोल्दै नयाँ वर्षको अवसरमा यसरी शुभकामना आदानप्रदान गर्न पाउँदा आयोजकलाई धन्यवाद समेत दिनु भएको थियो । साथै सुख , समृद्धि , शान्ति , र सफलताको कामना समेत व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समिति रुपन्देहीका अध्यक्ष राधिका श्रीसको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य मदन विरकट्टा मगरले राख्नु भएको थियो । कार्यक्रममा पार्टीका पदाधिकारी , प्रतिनिधि, सल्लाहकार , सदस्य , प्रदेश अध्यक्ष , जिल्ला अध्यक्ष , विभिन्न वडावाट प्रतिनिधि गर्ने अध्यक्ष, प्रदेश समितिका सदस्यहरु, संघिय महासभा सदस्य लगायतको सहभागिता रहेको थियो ।समितिका सचिव अम्मर गेलाङले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।








