
पार्वती थारु , तिलोत्तमा चैत ३०
रुपन्देहीको तिलोत्तमा ९ मंगलापुरमा आज एम जी के थर्ड इन्टरनेशनल कराते च्याम्पीयनसिपमा नेपालले प्रथम स्थान हासिल गरेको छ । जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा खेल सम्पन्न भएको हो । जसमा नेपाल प्रथम, भुटान दोस्रो र भारत तेस्रो भएको कराते डो मिसन संघ नेपालका केन्द्रिय संस्थापक अध्यक्ष तथा प्रशिक्षक केवी रानाले बताउनु भयो । विजेतालाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले ट्रफी मेडल र प्रमाणपत्र प्रदान ले सम्मान गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाले खेल स्वास्थ्यका लागी खेलिन्छ र पहिचानको लागी पनि खेलिने बताउनु भयो । विद्यार्थी र युवा कार्यकालमा खेलिने अरु खेल भन्दा परक रहेकाले सुरक्षाको खेल पनि भएकाले कराते खेलको महत्व रहेको बताउदै नगरपालिकाकाले सहयोग गर्ने नगर प्रमुख खाँडले बताउनु भयो । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने नारासहित रुपन्देहीको तिलोत्तमामा कराते खेल आयोजना गरेको संस्थापक अध्यक्ष रानाले बताउनु भएको थियो ।








