
सुन्दर गुरुङ , कोटिहवा,चैत्र १८
मधवलिया ब्याडमिन्टन कल्ब तिलोत्तमा १६ बिहुलीले आयोजना गरेको भेट्रान ब्याडमिन्टन प्रतियोगिता १७ गते शनिवार सम्पन्न गरेको छ ।
रुपन्देही जिल्ला स्तरीय ४५ बर्ष भन्दा माथी र ६० बर्ष भन्दा माथिको उमेर समुहमा भएको युगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा ३५ टिम सहभागी भएको थियो । ४५ बर्ष भन्दा माथी भएको प्रतियोगितामा बुटवल ब्याडमिन्टन कल्बका बिरेन्द्र बिस्ट र धर्म थापाको जोडि प्रथम ,मधवलिया ब्याडमिन्टन कल्बका होम गुरुङ (लाहुरे) र चेत बलालको जोडि दोस्रो र फिट एण्ड फाइनका सुरज गुरुङ र वसन्त थापा र तामनगर ब्याडमिन्टन कल्बका प्रकाश बन र सुबास कर्मचार्य तेस्रो भएका थिए ।

त्यसै गरि ६० भन्दा माथिको उमेर समुहमा बुटवल ब्याडमिन्टन कल्बका पिताम्बर ज्ञवाली र इन्द्रलालको जोडि प्रथम, बुटवल ब्याडमिन्टन कल्बकै लिला अर्याल र रिसि भन्डारी दोस्रो, मधवलिया ब्याडमिन्टन कल्बका क्या. तुलबहादुर राना र सुबेदार तारा बहादुर पुन र भैरहवा ब्याडमिन्टन कल्बका महेन्द्र कुमार र गणेस छेत्रीको जोडि तेस्रो भएका थिए ।

प्रतियोगितामा साना तथा घरेलु उद्योग महासघंका केन्द्रिय सदस्य वसन्त रोक्काले प्रमुख अतिथिको आसनबाट शुभकामना राख्दै यस्ता खेलकुद कार्यक्रमले वृद्ध र अर्ध बैसे मानिसहरुमा स्वास्थसितै सामाजिक दायित्व निर्वाहमा असल भुमिका खेल्ने बताउनु भयो । प्रतियोगितामा कल्बका अध्यक्ष केशब चौधरीको अध्यक्षता, खेल संयोजक क्याप्टेन तुलबहादुर रानाको स्वागत र सुन्दर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।








