
पार्वती थारु, तिलाेत्तमा, चैत १५
नाेवेल इन्भायरामेन्ट एकेडेमीको आयाेजनामा सचेत अभिभावक ः हाम्रो शिक्षा, सुसंस्कृत सन्तान र समृद्धि विषयक संवाद कार्यक्रम २०८० सम्पन्न भएको छ । रुपन्देहीको तिलाेत्तमा १५ काेहटहवामा रहेकाे स्काई इन मा विहिबार संवाद कार्यक्रम सम्पन्न भएको हाे । विद्यार्थीलाई एक पक्षिय हाेईन बहु पक्षिय शिक्षा प्रदान गर्नु पर्ने आजकाे आवश्यक रहेकाे लुम्बिनी विश्व विद्यालयका सह प्राध्यापक तथा कार्यक्रमका विशेष वक्ता कमल थापाले बताउनु भएको छ। उहाँले कल्चरकाे वेस बनाउदै, नेचरकाे निर्माण गर्दै सफल भविष्यतर्फ अग्रसर हुने विद्यार्थीकाे निर्माण गर्नुपर्नेमा जाेड दिनु भयाे ।

साथै नाेवेल एकेडेमीले यस्तो खालकाे शिक्षक अभिभावक तथा समाजसेवि विचमा संवाद कार्यक्रमकाे आयाेजनाले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्नु भयाे ।
कार्यक्रममा नाेवेल इन्भायराेमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङले स्वागत मन्तवय राख्दै एउटा असल अभिभावककाे भुमिका के रहन्छ? एउटा असल विद्यालयले विद्यार्थीकाे भविष्य निर्माण गर्नका लागि विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने र सफल बन्ने जनशक्तिको निर्माणका लागि के गर्ने भनेर यस्तो संवाद कार्यक्रम आयाेजना गरेकाे बताउनु भयाे । उहाँले अबकाे विश्व राेवाेटिङ सिस्टममा पुगि सकेकाले अब आउने २५ वर्घ पछि राेजगारिमा विज्ञान र प्रविधिकाे चरम विकास हुनेछ र वेराेगारि बढ्नेछ भन्दै अहिले देखि नै सचेत गराउने उदेश्यले संवाद कार्यक्रम गरेकाे बताउनु भयाे। नाेवेल एकेडेमीले विश्व वजारमा प्रितस्पर्धा गर्न सक्ने गरि विद्यार्थीकाे चाैतर्फि विकासमा ध्यान दिदै आएकाे र वेलावेलामा व्यत्तित्व विकास गर्ने इभेन्ट पनि गर्दै आएकाे बताउदै अझै तदारुकताका साथ गर्दै जाने बताउनु भयाे ।

यस्तै अहिलेकाे शिक्षा वेराेजगारि उत्पादनकाे थलाे भएको देखिन्छ भने त्यसकाे समाधान व्यवासायिक र प्राविधिक शिक्षाले देला र ? अबकाे शिक्षा स्वदेशमै राेजगार दिने खालकाे कहिले हुन्छ ? भन्दै सहभागीले जिज्ञासा राखेका थिए । सहभागीले राखेकाे जिज्ञासामा कार्यक्रमका प्रमुख बक्ता तथा रण अम्विका आँखा अस्पतालका सहायक प्रध्यापक तथा निमित्त मेडिकल डाईरेक्टर डा. कबिन्द्र बज्राचार्य र समाजशास्त्री सीता भट्टराईले प्रस्ट पार्नु भएको थियाे । कार्यक्रमका अतिथि समेत रहनु भएका प्रमुख बक्ता वज्राचार्यले बाेल्दै अहिले सबैमा एक न एक किसिमकाे मानसिक तनाव छ त्याे तनावलाई हटाउन मेडिटेशन गर्नु पर्छ । तनावपूर्ण अवस्थामा न अभिभावकले सहि सिकाउन सक्छ न त शिक्षकले सहि निर्देशन दिन सक्छ न त विद्यार्थीले सकारात्मक कुरा ग्रहण गर्न सक्छ त्यसैले मानसिक सन्तुलन निकै आवश्यक छ । त्याे सगै असल नैतिकताकाे विकास हुन पनि उत्तिकै जरुरि रहेकाे बताउनु भयाे । साथै उहाँले विदेश जानू गलत नभएर देशमा फिर्ता भएर काम गर्न नसक्ने वातावरणा देशमा रहुन नै मुख्य समस्या रहेका बताएका थिए ।

यस्तै अर्का वक्ता तथा भैरहवा बहुमुखि क्याम्पसका सह प्राध्यापक , समाजशास्त्री सीता भट्टराईले बाेल्दै आज केवल पढेर सफलता पाउन सकिँदैन , सफलता पाउनका लागि विद्यार्थीले निरन्तर अभ्यास गर्नु पर्छ र त्याे वातावरणकाे निर्माण स्कुल र घर दुवैतर्फ हुन आवश्यक छ । सुरुदेखि नै काम गर्न र श्रमकाे सम्मान गर्न सिकेकाे बच्चाले भाेलि संस्कार युक्त बन्छ, प्राविधिकाे प्रयाेग गरेर कामलाई सहज र सफल बनाउन सक्ने भट्टराईले बताउनु भएको थियाे । संवाद कार्यक्रमकाे सहजिकरण कान्तिपुरका पत्रकार सन्जु पाैडेलले गर्नु भएको थियाे ।
नाेवेल इन्भायरामेन्ट एकेडेमीका प्रवन्धक सुन्दर गुरुङकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष बक्तामा कमल थापा, प्रमुख वक्तामा डा. कबिन्द्र वज्राचार्य र वक्ता सीता भट्टराई रहुन भएको थियाे । यसैगरि जापान गाेजुरियाे कराँते डाे मिसन संघका संस्थापक अध्यक्ष तथा अन्तरास्ट्रिय प्रशिक्षक केवि राना, मगर संघ रुपन्देहीको जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, तिलाेत्तमा १५ का वडा सदस्य मंगल श्रीस, १६ का वडा सदस्य जनकि वि क , तिलाेत्तमा एफ एमका पत्रकार पार्वती थारु, मिडिया हाउसका पत्राकार राज चाैधरि लगायत शिक्षक, अभिभावक, राजनितिज्ञ, समाजसेवि, खेल प्रशिक्षककाे सहभागिता रहेकाे थियोे । कार्यक्रममा विशेष वक्ता कमल थापा, प्रमुख बक्ता डा. कबिन्द्र वज्राचार्य , वक्ता सिता भट्टराई , सहजकर्ता सन्जु पाैडेललाई एकेडेमीका प्रबन्धक सुन्दर गुरुङले मायाकाे चिनाे प्रदान गर्नु भएको थियाे । नाेवेल एकेडेमीका प्रिन्सिपल खिनु गुरुङकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।












