
पार्वती थारू
फागुन १८ तिलोत्तमा
विभेद रहित समाजकाे परिकल्पना गर्ने पार्टी राष्ट्रिय जनमुिक्त पार्टी , पुर्ण संघियता र जातिय समानुपातिक प्रतिनिधत्वकाे सुनसश्चिता , भ्रष्टाचार मुक्त नेपालकाे निर्माण हाम्रो प्रितवद्दता भन्ने नारा सहित राष्ट्रिय जनमुक्ति पार्टी तिलाेत्तमा नगर समिति रुपन्देहीको चाैथाे नगर अधिवेशन यहि फागुन १९ गते हुने भएको छ । शनिवार विहान ११ वजेदेखि मणिग्राम चाेक देखि र्यालि सुरु भएर मंगलापुर चाेकमा पुगेर बिशेष समाराेह हुने समितिका सचिव प्रेम कनाैजे मगरले लोक अखबार लाइ बताउनु भएको छ । चाैथाे अधिवेशन मा राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषद कार्यकारि अध्यक्ष केशव वहादुर थापा सुर्यवंशिकाे प्रमुख आतिथ्यता र राष्ट्रिय जन्मुक्ती पार्टी संघीय परिषद उपाध्यक्ष हाजि माेहम्मद हसनकाे विशिष्ट आतिथ्यतामा उद्घाटन समारोह हुनेछ । येस्तै फागुन २० गते बन्दा सत्र पार्टी भवनमा बिहान ८ बजेदेखि हुने समितिले जानकारी दिएकाे छ । कार्यक्रममा विभिन्न राजनितिक दल, पार्टी कार्यकर्ता लगायत सबैकाे उपस्थितका लागि आग्रह गरेको छ ।







