
धन बहादुर चाैधरि
फागुन १६, तिलाेत्तमा
न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा जारी छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा आज समपुर्ण युवा कल्व सुपाैलि भर्सेज देविनगर युवा कल्व बुटवलबिच प्रतिस्पर्धात्मक खेल हुनेछ ।स्वः खगी गुरुङसेनीको स्मृतिमा सन्चालन भएको प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।







