धन बहादुर चाैधरि

फागुन १४, तिलाेत्तमा

 न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा छैठौं दिनकाे  खेलमा  फर्साटिकर युवा क्लब फर्साटिकर बिजयी  भएको छ  ।  फर्साटिकर युवा क्लब फर्साटिकर भर्सेज न्यू राइज युवा कल्ब बभनी बिच भएको  थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा   सन्चालन भएको  आज को खेलमा दुबै टिम बाट १/१ गोल बराबरी भए पछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा २ गोलको विरुद्ध ३ गोल गर्दै फर्साटिकर युवा क्लब फर्साटिकर बिजयी भएको छ ।खेलको म्यान अफ द म्याच  फर्साटिकर युवा क्लबका गोलकिपर शुभाङ्कर जिसी  भएका छन ।म्यान अफ द म्याचलाइ अन्डर ट्वान्टी नेशनल कोच यम गुरुङ्ग ज्युले ट्रफी तथा नगद हस्तान्तरण  गर्नु भएको खेल संयोजक शेर बहादुर गुरुङले  लोक अखबार लाई  बताउनु  भयो । 

प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।