पार्वती थारु

फागुन १३ तिलाेत्तमा

आयोजक न्यू सिर्जना युवा कल्ब करौजिया  पाचौं दिन भएको  खेलमा विजय भएको  छ  । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा पाचाै दिनकाे  आजकाे खेल नव युवा खेलकुद तथा साँस्कृतिक परिवार  ठुठिपिपल   भर्सेज  न्यू सिर्जना युवा कल्ब कराैजिया बिच खेल भएको  थियाे । खेलकाे पहिलाे हाफमा नव युवा खेलकुद तथा साँस्कृतिक परिवार  ठुठिपिपलका जर्सि नं ३ अमन थापाले खेलकाे २२ औ मिनेटमा १ गोल गरेका थिए  । येस्तै खेलको ६६ औं मिनेटमा  आयोजक न्यू सिर्जना युवा कल्बका खेलाडी  जर्सी नम्बर  ९ प्रशन्न श्रेष्ठले १ गोल गरि खेल १\१ को बराबरिमा पुर्‍याएका थिए । खेल अवधिमा दुवै  टिमबाट निर्णायक गाेल नभए  पछि खेल ट्राइबेकरमा गएकाे थियाे । ट्राइबेकरमा नव युवा खेलकुद तथा साँस्कृतिक परिवारलाई १गाेलकाे विरूद्द ३ गाेल गर्दै आयोजक न्यू सिर्जना युवा कल्ब करौजिया विजयि भएको  हाे ।  आयोजक न्यू सिर्जना युवा कल्ब  गोलकिपर जर्सी नं २२ विष्णु पल्लि मगर  आजकाे  खेलको म्यान अफ द म्याच घाेषित भएका छन् । 

उनलाई   न्यू सिर्जना युवा कल्ब संस्थापक संरक्षक पदमा गुरुङले नगद १ हजार राशि सहित ट्रफिले  सम्मान गर्नुभएको  कल्बका प्रचार प्र सार संयाेजक धनबहादुर चाैधरिले लाेक अखबार लाई जानकारि  दिनु भयाे ।यस्तै साेमबारकाे छैठौं  दिनकाे खेल  फर्साटिकर युवा कल्ब फर्साटिकर भर्सेज न्यू राइज युवा कल्ब बभनि बिच प्रतिस्पर्धात्मक खेल हुने खेल संयाेजक शेरबहादुर गुरुङले जानकारि दिनु भएको  छ । 

खेल  दिउसाे २:३०बजे न्यु सिर्जना खेल मैदान कराैजियामा हुनेछ । स्वः खगी गुरुङसेनीको स्मृतिमा   सन्चालन भएको  फुटबलमा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।