धनवहादुर चौधरी
फागुन १२,तिलोत्तमा

रुपन्देही तिलोत्तमा नगरपालिका १३, करौजिया खेलमैदानमा स्व. खगी गुरुङसेनी स्मृति छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता चलिरहेको छ । शनिवार भएको खेलमा ओमसतिया एफसी लाई शुन्यका विरुद्ध १० गोल गर्दै नव टिकुलिगढ बिजयी भएको छ । खेलमा म्यान अफ द म्याच नव टिकुलिगढ युवा क्लब का खेलाडी जर्सी नं ९ निराजन खत्री ले डबल ह्याट्रिक गरेका छन उक्त खेलाडी लाई जेष्ठ जागरिक समाजसेवी तिलोत्तमा १३ करौजिया निबासी कुल बहादुर रेश्मीले ट्रफी तथा नगदले सम्मान गर्दै हस्तान्तरण गरेका थिए । आइतबारको खेल आयोजक न्यु सृजना युवा क्लब भर्सेज नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल बिच दिउँसो २ः३० बजे न्यु सृजना खेल मैदान करौजियामा हुने क्लवका खेल संयोजक सेर बहादुर गुरुङले लोक अखबारलाई जानकारी दिनु भएको छ ।

स्थानिय खेलाडि उत्पादनमा जोड दिनका लागि स्वः खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेको हो । उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । १६ टीम सहभागी रहेको खेल फागुन २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए ।