धनवहादुर चाैधरी

फागुन १२, तिलाेत्तमा

रुपन्देहीको तिलोत्तमा १३ मा जारी न्यु सिर्जना कप नकआउट फुटवबल प्रतियोगतिा २०८० मा तिलोत्तमा ११ तिलोत्तमा बिजयी भएको छ । न्यु सृजना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गुरुङ्गका धर्मपत्नी स्व. खगी गुरुङ्गसेनीको स्मृतिमामा संचालन भैरहेको छैठौ न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८० को तेस्रो दिनको खेल लिस्नु युवा क्लब (कोटिहवा ) भर्सेज तिलोत्तमा ११ बिच भएको थियो ।खेलको १० औ मिनेटमा तिलोत्तमा -११ का खेलाडी जर्सी नं. ९ अमित क्षेत्रीले पहिलो गोल गर्दै खाता खोलेका थिए भने खेलको ६६ औं मिनेटमा लिस्नु युवा क्लबका खेलाडी जर्सी नं. ७ एरोन थापाले १ गोल फर्काइ खेल बराबरी गराएका थिए । दुवै टीमको १ ्र१ भएपछि खेल वराबरीमा पुगेपछि खेल ट्राइब्रेकर गएको थियो ।ट्राइब्रेकरमा ३ को विरुद्ध ५ गोल गर्दै तिलोत्तमा ११ बिजयी भएको कल्बका प्रचार प्रसार संयोजक तथा सहल्लाहकार धनबहादुर चौधरीले जानकारी दिनु भयो । तेस्रो दिन भएको खेलमा खेलको म्यान अफ द म्याच तिलोत्तमा ११ का खेलाडी गोलकिपर विशाल घर्ती मगर भएका छन । उक्त खेलाडीलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बिष्णु बरालले ट्र्फी तथा नगद एक हजार हस्तान्तरण गर्नु भएको थियो । यस्तै आजको खेल ओमसतिया एफसी ओमसतिया भर्सेज नव टिकुलीगढ युवा कल्ब टिकुलीगढबीच हुनेछ । खेल तिलोत्तमा १३ न्यु सिर्जना युवा कल्बको खेलमैदान करौजियामा दिउसो २ ं. ३० वजेबाट खेल सुरु हुने छ ।१६ टिमको सहभागीता रहेको प्रतियोगीता यहि फागुन २६ गतेसम्म चल्ने छ .