चन्दा भुषाल
फागुन, ११ पाल्पा
पाल्पाको तिनाउ गाउँ पालिका वडा २ बगाहामा रहेको श्री थानीडाडा मा बि मा रोटरि क्लब अफ मणिग्रामले एक औपचारिक कार्यक्रम गरि शौचालय हस्तान्तरण गरेको को छ । सिद्दार्थ राजमार्ग बाट करि ४ किलोमीटर भित्र रहेको उक्त स्कुलमा रोटरि क्लब र तिनाउ गाउँ पालिका को आर्थिक सहयोगमा उक्त शौचालय निर्माण गरिएको थियो । बिध्यालय ब्यबस्थापन समिति का अध्यक्ष शेर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोटरि क्लब अफ मणिग्रामका अध्यक्ष निर्मल बस्याल ,विशिष्ट अतिथिमा सामुदायिक बन समन्वय समितिका बरिस्ठ उपाध्यक्ष प्रेम प्रसाद पाण्डे रहनु भएको थियो !बिद्यालय का प्रधानाध्यापक खुमान सिंह जिसि ले स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालक शिक्षक श्याम के सि ले गर्नु भएको थियो ।