
धनवहादुर चौधरी
फागुन ११ , तिलोत्तमा
स्व.खगी गुरुङगसेनीको स्मृतिमा जारी छैठौ न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८० मा शुन्यको बिरुद्ध ४ गोल गर्दै झरना स्पोर्ट्स क्लब कुन्जलापुर बिजयी भएको छ । झरना स्पोर्ट्स क्लब तिनपा.६ कुन्जलापुर भर्सेज संजिबनी युवा क्लब तिनपा.१४ देबिनगर बागधुरा बिच भएको दोस्राे दिनको खेलमा झरना स्पोर्ट्स क्लबका खेलाडी कमल भट्टराई जर्सी नं. १२ ले खेलको ४ औं मिनेटमा पहिलो गोल गर्दै झरना स्पोर्ट्स क्लबलाइ अग्रता दिलाएका थिए। त्यसै खेलको ३० औं मिनेटमा थप १ गोल गर्दै उनले अग्रता दिलाएका थिए ।खेलको ३२ औं मिनेटमा झरना स्पोर्ट्स क्लबका खेलाडी रोहित सुनारले थप १ गोल गरेका थिए र झरना कै अर्का खेलाडी रोहित पुनले खेलको ३५ औं मिनेटमा थप १ गोल गरि शुन्यको बिरुद्ध ४ गोल गर्दै झरना स्पोर्ट्स क्लब कुन्जलापुर बिजयी भएको हो । उक्त खेलमा म्यान अफ द म्याच झरना स्पोर्ट्स क्लबका खेलाडी जर्सी नं. १२ कमल भट्टराई भएका छन ।

खेलाडीलाइ फुटबल अभियान्ता तिलोत्तमा १४ सुपौली निबासी समाजसेवी ब्याक्तित्व श्रीमाया गुरुङ्ग ज्युले ट्रफी तथा नगद सहित स -सम्मान हस्तान्तरण गर्नु भएको थियो। यसै गरी आजको खेले तेस्रो दिनको खेल लिस्नु युवा क्लब कोटिहवा भर्सेज तिलोत्तमा ११ एफ.सी का बिच दिउसो २ः३० बजे हुनेछ । खेल न्यु सिर्जना युवा कल्बको खेलमैदान तिलोत्तमा १३ करौजियामा खेल जारी छ ।








