पार्वती थारु

फागुन १०,तिलोत्तमा

न्यु सिर्जना युवा कल्बकाे आयोजनामा जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा आज विहिबार झरना स्पाेर्ट्स कल्ब कुञ्जलापुर  भर्सेज सन्जिवनि युवा कल्ब वागधुरा देविनगर बिच खेल हुुनेछ । खेल  आज दिउसाे २:३०बजे न्यु सिर्जना खेल मैदान कराैजियामा हुदैछ । स्वः खगी गुरुङसेनीको स्मृतिमा   सन्चालन भएको  फुटबलमा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।